Sorry, your browser does not support JavaScript! पर्यटन प्रवर्धनका लागि मानाभरा महोत्सव शुरु - Merodesh.news

पर्यटन प्रवर्धनका लागि मानाभरा महोत्सव शुरु

ताप्लेजुङ।  ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटनप्रवर्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ ।

आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता सञ्चालन हुनेछन् ।

फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा शुरु भएको महोत्सवको दोस्रो दिन आज अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने र नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रर्दशनीसमेत प्रस्तुत भइरहेका छन् ।

मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्बूहरुको शीर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रहरु पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल मानिए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा छन् । यिनै क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले समेत महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]