Sorry, your browser does not support JavaScript! लायनिज्ममा महिलाको भुमिका बिषयक प्रशिक्षण - Merodesh.news

लायनिज्ममा महिलाको भुमिका बिषयक प्रशिक्षण

विराटनगर। लायन्स क्लब इन्टरनेश्नल ३ सय २५ ए वान ले लायनिज्ममा महिलाको भुमिका बिषयक प्रशिक्षण तथा अन्तरक्रिया आयोजना गरेको छ ।

महिलाको भुमिका

विराटनगरस्थित एक निजी होटलमा आयोजना गरिएको कार्यक्रममा १ सय ५० बढी महिला तथा छात्राहरु सहभागि भएका छन । कार्यक्रममा लायन्स क्लब आबद्ध तथा समाजसेवामा समर्पित महिलाहरुका साथै पुर्वाञ्चल विश्वविद्यालयमा अध्यनरत छात्राहरुले सहभागिता जनाएको आयोजक संस्थाकी ओमैन सिम्पोजियम चीफ पद्मा रिजालले जानकारी दिए । महिला शसक्तिकरण कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रमका सहभागिलाई प्राडा शान्ति सुवेदी र मानवअधिकारबादी तथा अधिवक्ता सञ्जु साहले प्रशिक्षण दिए ।

सो अवसरमा आयोजक संस्थाका निर्वतमान गर्भनर लिला ढुंगेल,फस्र्ट भाइस डिस्ट्रीक गर्भनर राजन खत्री र क्याबिनेट सेक्रेटरी रेबतबहादुर कार्की लगायतले समाजसेवामा महिलाको भुमिका विषयमा आफ्नो धारणा राखे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]