Sorry, your browser does not support JavaScript! उपचार खर्च तिर्न नसक्दा अस्पतलले दिएन शव - Merodesh.news

उपचार खर्च तिर्न नसक्दा अस्पतलले दिएन शव

विराटनगर । नोबेल मेडिकल कलेजले उपचार खर्च नबुझाएकै भन्दै दुई दिन देखि एक व्यक्तीको शव रोकेर राखेको छ । मोरङको कटहरी गाउपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव विराटनगर स्थित नोवेल मेडिकल कलेजले आफन्तलाई नदिई रोकेर राखेको हो ।

गत साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटर साइकलको ठक्करबाट घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मङलवार मृत्यु भएको थियो । पाच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दाबढी रुपैया खर्च भएको छ । मंगलबार उपचारकै क्रममा मिश्रको मृत्यु भएपछि अस्पतालले साढे तीन लाख रुपैया बाकी रहेको भन्दै शव रोकेर राखेको हो ।

श्रीमानको उपचारमा आफ्नो सम्पती सकिएपछि थप तीनलाख रुपैया दिन सक्ने अवस्थामा छैनन् अनिता । खर्च जुटाउन नसकेपछि अन्तिम संस्कारकालागि श्रीमानको लास झिकाइदिन हारगुहार गरिरहेकी छिन् । दुर्घटनामा टाउकोमा चोट लागेपछि पाच महिना यता उनीहरु नोबेल थिए । दुर्घटनामा लागेको चोटले टाउकोको तीन वटा नसामा असर गरेको थियो । उपचार गरे बापत अब नोबेललाई ३ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको अनिताले बताइन् ।

यस अघि औषधि र उपचार खर्च बापत १४ लाख भन्दाबढी रुपैया बुझाएकी छन् । विराटनगर–१० तीन टोलीयामा डेरा गरेर बस्दै आएकी अनिता सानो व्यूटी पार्लर सञ्चालन गर्थिन् । उनका श्रीमान सिटी रिक्सा कुदाउथे । दिपक घाइते भएपछि दुई सन्तानलाई बोडिङ स्कुल पढाउदै आएकी अनिताको पार्लर बन्द भयो । भएका सबै सम्पती उपचारमै सक्किएपछि कक्षा २ र एलकेजीमा पढदै आएका प्रिन्स र प्रियान्सुको पडाइपनि रोकिएको छ ।

पाच महिनादेखि कोठा भाडा तिर्न नसकेकी अनितालाई घरबेटीले पनि कोठा छाड्न बारम्परा दबाव दिइरहेका छिमेकी शुभम पण्डिलले बताए । ‘मसंग पैसा नै छैन, ऋण गरेर उपचार गरिरहेको थिए,’ अनीताले भने, ‘ गर्दै आएको व्यपारपनि बन्द भयो ।’

यता नोबेल मेडिकल कलेजका व्यवस्थापक नारायण दाहाल दुर्घटनाको केस भएको सबै छुट दिन सक्ने अवस्था नरहेको बताए । अस्पतालमा तीन लाख ५० हजार तिर्न बाकी रहेको बताउदै उनले १ लाख रुपैया सम्म छुट गर्न सकिने जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]