Sorry, your browser does not support JavaScript! माछापुच्छ्रे बैंक र एम.आर.डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर बिच सम्झौता - Merodesh.news

माछापुच्छ्रे बैंक र एम.आर.डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर बिच सम्झौता

विराटनगर । माछापुच्छ्रे  बैङ्क र एम. आर. डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा. लि. बीच बैङ्कका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट विराटनगर शाखा प्रमुख श्री अनिलबाबु अधिकारी तथा एम. आर. डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा. लिको तर्फबाट प्रवन्ध निर्देशक श्री सतेन्द्र राउतले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार अब माछापुच्छ्रे बैङ्कका डेबीटकार्ड र के्रडीटकार्ड सुवीधा उपभोग गर्ने ग्राहकहरूले एम. आर. डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा. लिका सम्पूर्ण सेवाहरुमा १०% सम्मको छुट पाउन सक्नेछन् ।

बैङ्कले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैङ्किङ्ग  सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यसैगरी बैंकले व्यक्तीगत मुद्दती खातामा ३ महीना देखी ५ वर्षसम्मको मुद्दती गर्ने व्यक्तीहरुलाई वार्षीक १२.५०% ब्याज मासिक व्याज भुक्तानी हुने गरीको सुवीधा ल्याएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]