Sorry, your browser does not support JavaScript! कर खारेजी माग गर्दै बुढीगँगा गाउँपालिका बिरुद्ध मुद्दा - Merodesh.news

कर खारेजी माग गर्दै बुढीगँगा गाउँपालिका बिरुद्ध मुद्दा

विराटनगर । चर्को र मनमौजी कर लगाएको कर आरोप लगाउदै खारेजी गराउन माग गर्दै मोरंग व्यपार संघले बुढीगङ्गा गाउँपालिका बिरुद्ध मुद्दा दर्ता गराएको छ ।

विराटनगर महानगपालिकासँग सिमाना जोडिएको बुढीगङ्गा गाउँपालिकाले तहाँका उद्योगहरुलाई विभिन्न शिर्षकहरुमा चर्को कर मनमौजी कर लगाएकोले खारेजी माग गर्दै मोरंग व्यपार संघले उच्च अदालत विराटनगरमा २४ मंसिरमा मुद्दा दर्ता गराएको हो ।

मोरङ व्यपार संघले अदालतमा गरेको निबेदनमा उल्लेख भए अनुसार बुढीगंगा गापले ठुला उद्योगलाई बर्षिक ५ मझौलालाई ३ र साना उद्योगलाई १ लाख कर कायम गरेको छ । साथै, घर जग्गा (उद्योग भवन) समेतको कर लगाएको छ । पटके सवारी कर, विदेशी सवारी साधनमा लाग्ने दस्तुर र कवाडी कर भनी उद्योगका लागि आउने सवारी अनि कवाडीका सामाग्रीमा पनि दोहोरो कर उठाउन सुरु गरेको छ ।

बुढीगङ्गा गाप भित्र सञ्चालनमा रहेका उद्योगहरुले नियमित कर तथा राजस्व तिर्दै आएपनि गापले थप फलाम प्रति केजी २ रुपैया धातुहरु (पित्तल, तामा, फलाम जिंक लगायतमा २ रुपैया पचास पैसा विग्रिएर काम नलाग्ने मेशिनरी औजार प्रतिकेजी २ रुपैया कर कायम गरेको छ । यसैगरि गाउँपालिका क्षेत्र भित्र पटके र कवाडी कर अनि विदेशी सवारी साधनमा दस्तुर लगाउन थालेको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटक पटक कानुन नै नवनाई दोहोरो पाराले कर दस्तुर लिनु नेपालको संविधान विपरित रहेकोले खारेजी हुनुपर्ने माग मोरंग व्यपार संघको छ ।

चर्को करमा सहुलियत दिन र कानूनन बिपरित कर नलगाउन पटक पटक अनुरोध गर्दा पनि सुनवाई नभएकोले बाध्य भएर अदालतलाई गुहार्न बाध्य भएको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]