Sorry, your browser does not support JavaScript! व्यवस्थापन गर्नै नसक्ने गरी सडक खन्ने काम रोकिनु पर्ने - Merodesh.news

व्यवस्थापन गर्नै नसक्ने गरी सडक खन्ने काम रोकिनु पर्ने

विराटनगर। पहाडी भूगोल खनेर नयाँ सडकहरु बनाउने क्रम रोक्नु पर्ने आवाज जनप्रतिनिधिहरुले नै सार्वजनिक गर्न थालेका छन् ।

सडक खन्ने काम

विराटनगरमा सडक वोर्ड नेपालले आइतवार स्थानीय सडक मर्मत संभार सम्वन्धी सहजिकरण गर्न आयोजना गरेको कार्यक्रममा विकासको नाममा अनावश्यक र नयाँ सडक बनाउने क्रमलाई रोक्नु पर्ने धारणा व्यक्त गरिएको हो ।
नेपाल नगरपालिका संघ प्रदेश १ का अध्यक्ष तथा इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले सडक कनेक्टिभिटि स्थानीय आवश्यकता र त्यसबाट जनताको जीवनस्तरमा हुने लाभका आधारमा मात्र अघि बढाउनु पर्नेमा जोड दिएका हुन्  ।

उनले भने ‘जनप्रतिनिधिले डाँडाकाँडा भत्काएर चाहिने नचाहिने ठाउँमा सडक खनेपछि मात्र विकास ग¥यो भन्ने मानशिकता बदल्न प्राविधिक कर्मचारिहरुको महत्वपूर्ण भूमिका हुन्छ, त्यसो गर्नबाट रोक्नु पर्छ ।’ इलाम नगरपालिकाले आफ्नो क्षेत्रमा खनिएका ७ सय ६२ किलोमिटर सडकको स्तरोन्नती, मर्मत सम्भारलाई नै प्रमुख कार्यक्रम बनाएर अघि बढाएको भन्दै नयाँ सडक खन्ने विषयलाई प्राथमिकता नदिइएको बताए । उनले व्यवस्थापनका दृष्टिले थेग्नै नसक्ने गरी बाटोहरु बनाउन रोक्ने गरी प्रदेश तहमै यसलाई सैद्धान्तिक छलफलको विषय बनाइने पनि जानकारी दिए ।

विद्यमान सडकहरुको स्तरोन्नती गर्ने, मर्मत सुधार गर्ने, सडकसंगै उत्पादन वृद्धि गरी जनताको जीवनस्तर उकास्ने तर्फ ध्यान दिएर स्थानीय तहहरुले कार्यक्रम बनाउनु उपयुक्त हुने सुझाव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले दिए । उनले देशभर ८३ हजार किलोमिटर बाटो रहेको र केन्द्रीय सरकारको दायित्वमा १४ हजार किलोमिटर मात्र रहेकोले बाटोघाटोको प्रमुख जिम्मेवारी प्रदेश र स्थानीय तहमा आएको जानकारी दिए ।

सडकलाई सर्वकालिक बनाउने तथा त्यसको उपयोगिता र औचित्य प्रमाणित गर्ने काममा प्राविधिक कर्मचारिले धेरै ध्यान पु¥याउनु पर्ने नेपालले बताए । स्थानीय तहहरुले कागजमा शतप्रतिशत प्रगति भएको विवरण दिएपनि सडकमा गाडी गुडेन र जनतालाई फाइदा भएन भने त्यस्ता रिपोर्टहरुको अर्थ नहुने भन्दै कागजमा प्रगती देखाउने प्रवृत्ती अन्त्य गर्न उनले निर्देशन दिए ।

सडक बोर्डले बाटोको लम्वाई चौडाइका आधारमा पहिलो पटक गाउँ पालिकामा सडक मर्मतकालागि ५ लाख १० लाख रुपियाँका दरले रकम निकाशा गरेको छ । चालु आर्थिक वर्षमा १ अर्व १२ करोड रुपियाँ स्थानीय तह मार्फत सडक मर्मतकालागि खर्च हुने वोर्डका कार्यकारी निर्देशक कष्णसिंह बस्नेतले जानकारी दिए ।

कार्यक्रममा स्थानीय तहका इन्जिनियर, सहायक इन्जिनियरहरुलाई सडक बोर्डको रकम खर्च गर्ने तरिका, निकाशा माग गर्ने तरिका आदिको बारेमा सहजिकरण गरिने बताइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]