Sorry, your browser does not support JavaScript! गोली हान्न सिकाउदा जवान घाइते - Merodesh.news

गोली हान्न सिकाउदा जवान घाइते

विराटनगर । प्रशिक्षार्थी प्रहरीलाई पेस्तोल चलान सिकाउने क्रममा गोली लागेर प्रहरी जवान घाइते भएका छन् । नयाँ प्रहरी जवानलाई फायरिङ सिकाउने क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् ।

प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउसो सिरहा घर भएका २७ वर्षीय यादवको देव्रे हातको हत्केला गोली लागेको हो । फायरिङ सिकाउने क्रममा दिउ“सो २ बजे घटना भएको प्रहरी तालिम केन्द्रका प्रमुख समादेशक एसएसपी शहकुलबहादुर थापाले बताए । यादव प्रशिक्षक पनि हुन् । प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्किएपछि पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर देब्रो हातको तत्केलामा लागेको हो ।

गोली लागी घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारकालागि मंगलबार नै काठमाडौं लगिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]