Sorry, your browser does not support JavaScript! दुर्घटना बढेपछि टिपर कुदाउन समय तालिका - Merodesh.news

दुर्घटना बढेपछि टिपर कुदाउन समय तालिका

विराटनगर । प्रदेश १ मा दैनिक चार घण्टा टिपर कुदाउन रोक लगाइने भएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि पुष १ गतेबाट लागु हुने गरी प्रदेश १ का १४ जिल्लामा बिहान र बेलुका गरी दैनिक चार घण्टा रोक लगाइने भएको हो ।

पुष १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाइने भएको हो । पाच महिनाको अवधीमा टिपर दुर्घटनामा पाचजनको मृत्यु भएपछि टिपर कुदाउन टाइमकार्ड लागु गरिएको हो । गत साउन यता टिपरका कारण १२ वटा दुर्घटना भएका थिए । १२ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।

छोटो अवधीमा दुर्घटना बढी भएपछि राजमार्ग तथा सहायक राजमार्गमा पुष १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाइने भएको हो । ‘ प्रदेशका १४ वटै जिल्लामा नियम लागु हुन्छ । ।’ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले भने ‘ तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको हो ।’ रोक लगाइएको समयमा टिपर चलाए कारवाहीको दाहेरामा ल्याउने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]