Sorry, your browser does not support JavaScript! उपचारमा आर्थिक अभाव झेल्दै झापा आगलागी पीडित - Merodesh.news

उपचारमा आर्थिक अभाव झेल्दै झापा आगलागी पीडित

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका ७ का लक्ष्मण खनालको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएकी महिलाले आफ्नो उपचारमा स्थानीय सरचारले चासो नदिएको गुनासो गरेकी छन् ।

मंसिर ९ गते खनालको घरमा आगलागी हुदा खनाल सहित उनका दुई सन्तान र श्रीमतीको जलेर मृत्यु भएको थियो । खनालको परिवारको ज्यान जानेगरी भएको आगलागी निभाउने क्रममा घाइते भएकी छिमेकी गीतादेवी घिमिरे ढंगेलले आफ्नो स्वास्थ्यका बारेमा स्थानीय सरकारले चासो नदिएको बताएकी हुन् ।

आगलागीका क्रममा पड्कीएको सिलिण्डरले लागेर घाइते भएकी ढंगेलको नौ दिन यता विराटनगर स्थीत नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सिलिण्डर पड्कीदा घाइते भएकी छिमेकी ३३ बर्षिय ढुंगेलको हात भाच्चीएको छ । भाच्चीएको हातको सल्यक्रिया गर्न खर्च अभाव भएपछि उपचारमा कसैले चासो नदिएको उनले बताइन् ।

चुनावका बेला समस्या परे सहयोग गर्ने बाचा गरेका जनप्रतिनिधिले पनि नौ दिन सम्म कुनै चासो नदिएको उनको गुनासो छ । ‘आगो निभाउन मोटरको पाइप लाने क्रममा पाइप चुटियो । चुटिएको पाइप नजोडिएपछि हातले समतेर बसेको थिए ।’ उनले भनिन ‘ पडकीएर माथी पुगेको सिलिण्डरको पिदले भाग्न खोज्दा हातमा लाग्यो ।’

सिलिण्डरको पिदले लागेको हातको हड्डी भाच्चीएको छ । ‘घाउको त सल्यक्रिया भयो अब भाचिएको हड्डी जोड्न स्टील हाल्न बाकी छ ।’ उनले भनिन ‘स्टील लगाउन खर्च अभाव छ ।’

सामान्य परिवारकी गीताको हातको सल्यक्रिया गर्दा नै ६० हजार भन्दा बढीको बिल उठीसकेको उनका श्रीमान गणेशप्रसाद ढंगेलले बताए । स्टील हाल्न बाकी रहेको बताउदै उनले आफूहरुस“ग उपचार खर्च नभएको बताए । ‘अस्पताल र औषधिको पैसा तिर्न बाकी छ ।’ उनले भने ‘ विरामीको अवस्था कस्तो छ भनेर स्थानीय सरकारले चासो दिएन ।’ श्रीमतीको उपचार गर्न खर्च नभएको बताउदै उनले नगरपालिकाले उपचारमा सहयोग नगरेको बताए ।

शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले कुनै स्रोत जुटाएर गीताको उपचारमा सहयोग गर्ने बताइन् । घाइते व्यक्तीको उपचारकालागि नगरपालिकामा छुट्टै कोष नभएको बताउदै उनले उनका आफन्तहरु आए कुनै स्रोत जुटाएर सहयोग गर्ने बताएकी हुन् ।

उनले व्यस्तताका कारण आगलागीमा घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न नसकेको बताइन् । ‘उहा“ अस्पतालमै हुनुहुन्छ की घर आउनु भयो हामीलाई जानकारी नै छैन् ।’ उनले भनिन ‘यतै व्यस्त भएका कारण घाइतेलाई भेट्न सकेका छैनौ ।’ उनले मृतक परिवारलाई क्रियाखर्च बापत २ लाख रुपैया सहयोग गरेको बताइन् ।

मंसिर ९ गते राती आगलागि हुदा लक्ष्मण खनाल सहित उनकी श्रीमती राधिका, छोरी ४ बर्षीया चन्द्रा र ५ महिनाका छोरा टीकारामको मृत्यु भएको थियो । आगोले काठको दुई तले घर पनि पूर्णरुपमा जलेर खरानी भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]