Sorry, your browser does not support JavaScript! घाइते श्रमिकलाई क्षतिपुर्ति नदिने मिल संचालकलाई पक्राउ गर्न पत्राचार - Merodesh.news

घाइते श्रमिकलाई क्षतिपुर्ति नदिने मिल संचालकलाई पक्राउ गर्न पत्राचार

विराटनगर । काम गर्ने क्रममा स —मिलमा घाइते भएका कामदारलाई क्षतिपुर्ति नदिने संचालकलाई पक्राउ गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले प्रशासनलाई पत्राचार गरेको छ ।

विराटनगर ३ स्थित काठ चिर्ने आरा मिलमा काम गर्दा हात छिनाएर घाइते भएका मजदुर बंटु शाहलाई तोकिएको दुई लाख क्षतिपुर्ति दिन अटेर गरेकोले सञ्चालक सुधिर यादबलाई पक्राउ गर्न श्रम तथा रोजगार कार्यालय बिराटनगरले जिल्ला प्रशासन मोरंगलाई पत्राचार गरेको हो । संचालक यादबले आराले हातको ओैला र नारी छिनाएर घाइते बनाएका कामदारलाई बंटुलाई दुई लाख क्षतिपुर्ति दिन श्रम तथा रोजगार कार्यालय बिराटनगरले गरेको आदेशलाई बिभिन्न बहाना बनाएर अटेर गर्दै आएका थिए ।

उनले श्रम कार्यालयले तोकेको पेशीमा पनि कहिले आफु मानसिक बिरामी भएको क कहिले अस्पताल भर्ना भएको भन्दै कर्मचारीहरु मार्फत झुठो जानकारी पठाएर क्षतिपुर्ति दिन आलटाल गर्दै आएका थिए । पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि संचालक यादवलाई पक्राउ गरेर क्षतिपुर्ति भराउनकालागि प्रशासन कार्यालय मोरंगमा पत्राचार गरेको बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।

‘संचालक साहले क्षतिपुर्ति दिन अझै आटटाल गरे श्रम ऐन २०७४ र नियमावली २०७५ अनुसार संचालकको चल अचल सम्पत्ती रोक्का गर्ने र पिडितलाई बिगो अनुसारको क्षतिपुर्ति दिलाई दोव्वर जरीवना असुल उपर गर्न हामी बाध्य हुनछौ’ —बरिष्ठ अधिकृत सञ्जेलले भने ।

श्रम तथा रोजगार कार्यालय बिराटनगरले हाल श्रम ऐन कार्यान्वयन गराउन माग गर्दै उजुरी गर्न आउने कामदार कर्मचारीहरुको मुद्दामा बिशेष चासो दिएर आदेश र फैसला गर्न थालेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]