Sorry, your browser does not support JavaScript! छिमेकीको घरमा आगो निभाउन जाँदा घाइते भएकी गीतादेवीको उपचारमा वेवास्ता - Merodesh.news

छिमेकीको घरमा आगो निभाउन जाँदा घाइते भएकी गीतादेवीको उपचारमा वेवास्ता

विराटनगर । एकै परिवारका चार जनाको ज्यान लिनेगरि भएको आगलागीको घटनामा सहयोग गर्न जाँदा गम्भिर घाइते भएकी एक छिमेकी महिलाको उपचारमा बेवास्ता भैरहेको छ ।

९ मसिर साँझ झापाको शिवसताक्षी नगरपालिका ९ स्थित लालझोडा निवासी लक्ष्मण खानालको घरका सबै चार जना सदस्यको ज्यान लिनेगरि भएको आगलागीका क्रममा आगो निभाउने पुगेकी छिमेकी ३३ बर्षिया गीतादेबी घिमिरे (ढुंगेल) को उपचारमा बेवास्ता भैरहेको हो ।

छिमेकीको घरमा ह्रवारह्रवार अगो लागेको देखेपछि अरुसँगै आफुपनि आगो निभाउन पुुगेकी गीतालाई पानी छपाप्यने क्रममा बिस्फोट भएको सिलिण्डरको चोइटा लागेर गम्भिर घाइते बनाएको थियो । राती दुई बजे एम्बुलेन्समा बिराटनगर स्थित नोबेल अस्पताल उपचारकालागि आइपुगेकी गीताको दाहिने हातको हडिडी भाँचिएको छ भने गहिरो घाउ पनि भएको छ ।

मङ्सिर साँझ झापाको शिवसताक्षी नगरपालिका ७ लालझोल्डामा धनी लक्ष्मण खनाल सहित उनको परिवारका सबै चार जना सदस्यको ज्यान लिनेगरि भएको आगालागी घटनामा सहयोग गर्न जाँदा घाइते भएकी गीतादेवी हाल गम्भिर अवस्थामा बिराटनगरमा उपचार गराइरहेकी छन । तर उनको उपचारबारे अझैसम्म कसैले चासो दिएका छैनन ।

हाल नोबेल अस्पतालमा क्रेडिट कार्ड बनाएर उपचार गराइरहेको तर कसैले पनि आफनो अवस्थाबारे सोधखोज नगरेको गीताको गुनासो छ । समान्य परिवारको भएकोले अझै घाउ ठीक भैनसकेको र हातमा स्टिल हाल्न बाँकी नै रहेकोले उपचारमा खर्च बढने भएपछि कसरी तिर्ने भन्ने चिन्ताले गीता र उनका श्रीमान गणेशप्रसाद ढुंगेललाई सताउन थालेको छ ।

गाउँमै समान्य किराना पसल चलाएर जीविका गर्दै आएका उनिहरुका ५ र ९ बर्षका दुई सन्तान छन । बिरामी श्रीमतीको कुरुवा बस्नु पर्ने भएकोले उनिहरुको पसल पनि हाल बन्द छ । खोजखाज गरेर ल्याएको झण्डै ६० हजार रुपैया सकिसकेको र अझै उत्तिनै पैसाको खाँचो पर्ने भएकोले आफुहरुलाई समस्या परेको उनिहरुले बताए । भने, —‘हामीले सहयोगको भवनाले मानबिय सेवा गर्दा आपत आइलागेको हो यसैले दयालुहरुले हेरिदिए हुनेथियो हामीसँग भएको हामीले सकाइसक्यौ ।,

तर वडा अध्यक्षले भने ‘हामी अवश्य सहयोग गर्नेछौ’

शिवसताक्षी नपाका ७ नम्बर वडा अध्यक्ष नबिन इजमले आफुहरुले घाइते गीतालाई के र कसरी सहयोग गर्ने भन्नेबारेमा छलफल गरिरहेको बताए । भने,— ‘हामीले डिस्र्चाज भैसकेको भन्ने खवर पाएका थियौ तर होइन रहेछ अव के कसरी सहयोग गर्ने छलफल गरिरहेका छौ अवश्व सहयोग गर्नेछौ ।,

प्रहरी भन्छ घटना बिद्युत सर्टहुँदा भएको हो, स्थानिय भन्छन् रहस्यमय, बिशेष छानबिन हुनुपर्छ

९ मंसिर साँझ ९ बजेतिर भएको उक्त्त अगालागीमा परेर घरधनी ३६ बर्षिय लक्ष्मण खनाल उनकी पत्नी ३० बर्षिया राधिका, ४ बर्षिया छोरी सुप्रिया र ३ महिनाका छोरा टिकाराम समेतगरि परिवारका सबैको जलेर मृत्यू भएको थियो । उक्त अगालागी बिद्युत्त सर्ट भएर भएको प्रहरीको दाबी छ भने स्थानियले भने घटना शंकास्पद भएकोले बिशेष रुपले छानबिन गर्न माग गर्दै आएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]