Sorry, your browser does not support JavaScript! बढदो साना हतियारको प्रयोगले सुनसरीमा सुरक्षा सर्तकता उच्च - Merodesh.news

बढदो साना हतियारको प्रयोगले सुनसरीमा सुरक्षा सर्तकता उच्च

विराटनगर । श्रृखलाबद्ध रुपले भैरहेका जधन्य हत्या र अपराधिक कार्य रोक्न सुनसरीको दक्षिणी क्षेत्रमा अधिकार सम्पन्न बिशेष सुरक्षाकर्मी परिचालन गर्न थालिएको छ ।

सुनसरीमा दुई महिना भित्र मुस्लिम समुदायका दुई अगुवाहरुको हत्या भैसकेको तर अपराधिहरु फरार हुन सफल भएको र साना हतियार र लागू औषधको कारोवार पनि बढन थालेको पाइएपछि प्रहरी प्रशासनले अधिकार सम्पन्न गोप्य सुरक्षा दस्ता परिचालन गर्न थालिएको हो ।

घटना दोहोरिन नदिन र अपराधको कारण र अपराधिहरु पत्ता लगाउन सुरक्षा दस्ता परिचालन गर्न अनिर्वाय भएको हो । जिल्ला प्रहरी सुनसरीका प्रमुख एसपी राजन अधिकारीले बढदो साना हतियारको प्रयोगलाई ख्याल गर्दै सुरक्षामा उच्च सर्तकता अपनाएको बताए । उनले भने, —‘चेकजाँच र अनुसन्धानका क्रममा बाधा भएमा प्रहरीले आफनो अधिकार प्रयोग गर्न सक्छन त्यो अवगत भएको कुरा हो ।,

एक नम्बर प्रदेश प्रहरी उच्च स्रोतका अनुसार सुनसरीको दक्षिणी क्षेत्रमा खटाइएका बिशेष सुरक्षाकर्मीहरुलाई आवश्यक परे स्पटमै गोली हान्ने सम्मको अधिकार दिइएको छ । दक्षिणी क्षेत्रका संबेदनशिल क्षेत्रमा हतियार सहितको बिशेष सुरक्षाकर्मीहरु गोप्य रुपले परिचालन भएका छन । हत्यामा सम्लग्न सुटहरु तालिम प्राप्त र भारतीयहरु भएको भएपनि स्थानिय कसै न कसैको सहयोग बिना उनिहरुले गतिबिधि गर्न नसक्ने भएकोले छदम भेषमा लुगेका मतियारहरु पत्ता लगाएर अपराधिहरु सम्म पुग्ने योजना बिशेष सुरक्षा दस्ताको छ ।

टार्गेट काउन्टर समेतको अधिकार दिएर परिचालन गरिएको बिशेष दस्ताकालागि अन्य जिल्लाबाट दक्ष र अनुभवी प्रहरीलाई सुनसरीमा परिचालन गरिएको छ । उनिहरुले गाउँटोलमा सहित सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीको टोलीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको पाइए सम्वन्धित व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने छन ।‘त्यसकालागि सोधपुछ र चेकजाँच क्रममा बाधा आइपरेमा उनिहरुले स्पट सुट पनि गर्न सक्नेछन’, — प्रदेश प्रहरीका एक उच्च अधिकारीले भने ।

सुनसरीमा असोज र मंसिरमा भएका अपराधहरु

सुनसरीको भुटाहामा ४ असोजमा बिहान मुस्लिम अगुवा ५५ बर्षिय खुर्सिद आलमको गोली हानी हत्या भउको थियो । त्यसको दुई महिनापछि ५ मङ्सिरमा सुनसरीको दुहवी नगरपालिका ९ छाताबेलीमा बिहानै सोही उमेरका ईटाभटा मनेजर तथा नेपाल बिद्युत प्राधिकरणका कर्मचारी फिदा हुसैनको हत्या भएको थियो । दुवै जनालाई एकै शैलीमा मोटरसाइकलमा आएका व्यक्त्तिहरु सार्पसुटरहरुले गोली हानेर सहजै फरार हुन सफल भएका थिए ।

खुर्सिदको हत्यापछि सुनसरी प्रहरीले दक्षिणी क्षेत्रमा सवारी चेकजाँच, सरप्राइज चेक पोइन्टसहित खानतलासी, काउण्टर पार्टसँगको समन्वयमा खुला सीमा सर्तकता बढाइरहेकै बेला ठीक दुई महिनापछि फिदा हुसदैनको हत्या भएको थियो ।

यसैगरि १ मङ्सिरमा सुनसरीको कोशी गाँउपालिका स्थित भाण्टावारीको चारकुनेबाट दिउँसो चाइनिज पेस्तोल म्यागजिनसहित बिहार राज्यको सुपौल जिल्ला भीमनगरका रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो । मुखिय हत्या आरोपमा भारतमा जेल सजाय भोगेर २० दिनअघि मात्रै रिहा भएका थिए ।

सशस्त्र प्रहरीले नै कोशी गाउँपालिकाका ६ स्थित शैलेशपुरबाट भारतको भिमनगरतर्फ जाने सीमा नाकामा सुरक्षा जाँच गर्ने क्रममा एक थान पेस्तोल र त्यसमा लाग्ने गोली २ थान सहित सुपौल जिल्ला भवानीपुर ग्राम ५ का विवेक यादव र सोही स्थान सिताराका सुमीतकुमार गोइत पक्राउ परेका थिए ।

सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित तीनकुनेबाट नेपाल प्रहरीले १ थान स्वचालित पेस्तोलसहित सुनसरी बराह नगरपालिका ११ मधुवनका ३५ बर्षिय श्यामदेव मण्डल र पक्राउ गरेको थियो । भारतीयहरु किन पेस्तोल सहित नेपाल आएका थिए त्यो भने प्रहरीले खुलाएको छैन ।

सुनसरीको सिमा नाकाहरु बढी सम्बेदनशिल

सुनसरीको भारतसँग जोडिएको ६२ किलोमिटर खुल्ला मिसाना छ । जसमध्ये साहेबगन्ज, घुस्की, भुटाहा र भण्टावारी सिमा नाकाहरु सुरक्षा दृष्टिले बिशेष सम्बदेनशिल मानिन्छन । यि नाकाहरु चोरी तस्करीकालागि पनि कुख्यात मानिन्छन । पछिल्लो समय सना हतियारको प्रयोग गरेर हत्याका घटना बढेपछि र धमाधम हतियारहरु पनि बरामद हुन थालेपछि सुनसरीको सिमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको इलाका र चौकीहरुमा पनि प्रहरीको सँख्या थपिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]