Sorry, your browser does not support JavaScript! खरका छाना टल्टली टिनले टल्काउदै कानेपोखरी गाउँपालिका - Merodesh.news

खरका छाना टल्टली टिनले टल्काउदै कानेपोखरी गाउँपालिका

कानेपोखरी । साइकलमा समेत कर लगायो भनेर गाली खाएको मोरङको कानेपोखरी गाउँपालिकाले बिकासका कार्यक्रमहरु प्रभावकारी ढंगले संचालन गर्न थालेपछि ताली पाउन थालेको छ ।

स्थानिय सरकारको अनुभूति प्रत्यक्ष रुपमा गराउन सिमान्कृत, दलित समुदायलाई घर बनाउन सहयोग गर्नेदेखी स्वास्थ्य र शिक्षा अनि नेतृत्व बिकास कार्यक्रमहरु प्रभावकारी ढंगले गर्न थालेपछि ताली पाउन थालेको हो ।

साइकल मर्मत र बिक्रि गर्ने पसलको फोहोर व्यवस्थापन गर्नकालागि न्युनतम कर लगाउदा कुदाउने साइकलमासमेत कर लगायो भनेर हल्ला फिँजिएपछि कानेपोखरी गाउँपालिकाले गाली पाएको थियो । तर गोलीको बेवास्ता गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासकालागि परिणाममुखि योजनाहरु अघि बढाएपछि ताली पाउन थालेको गाउँपाकिला प्रमुख ताराबहादुर काफलेले बताए ।

उनका अनुसार महिला, बालबालिका र सिमान्कृत समुदायको नेतृत्व बिकास , गाउँपालिकाका सबै वर्डा खुल्ला दिसामुक्त्त, सामुदायक बन र सहकारीमा समानुपातिक अधिकारदेखी उपभोक्त्ता समितिमा सहभागिता लगायतका शशक्त्तिकरणमा पनि कानेपोखरी गापले चासो दिएको छ ।

खरका छाना टिनले टल्टली टल्काइदै

कानेपोखरी गाउँपालिकाले आाफ्नो इलाकामा पर्ने गरिब र दलितहरुलाई बिकासको अनुभूति प्रत्यक्ष गराउन खरको छाना भएका घरहरुलाई क्रमश टल्टली टिनले टल्काउन थालेको छ । खरका छाना भएका सबै घरहरुलाई प्रतिस्थापन गर्न टिनको छाना लगाइदिएर टल्काउने कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफलेले बताए ।

उनका अनुसार चालु वर्ष ३ सय घरको छाना फेर्ने अभियान संचालन गरेको कानेपोखरी गाउँपालिकाले दुई सय घरका खरका छाना संविधान दिवशको अवसर पारेर टिनको छानामा परिणत गरेर टल्टली टल्काइ सकिएको छ । बाँकीलाई पनि चालु बर्ष भित्रै टल्काईसक्ने योजना छ । गाउँपालिका भित्रका गरिब समुदायहरु दलित, बाँतर, धिमाल, सतार लगायतलाई पहिलो प्राथमिकता दिएर छाना फेर्ने गरिएको छ ।

कानेपोखरी गापकाको तथ्यांक अनुसार ८ हजार ६ सय ८३ घर परिवार मध्ये पुरै इलाकामा करिब ४ सय घरको छाना परालले छाएका छन । प्राय खरले छाएका छानाहरु सिमान्तकृत र दलित समुदायका छन । खरले छाएका छानामा आगलागी हुने र हुरीले छाना उडाउने र बर्षामा पानी चुहिने उच्च जोखिम हुने गर्दछ ।

अर्कोतिर बर्षेनी छाइरहनुपर्ने भएकोले गरिबहरुले निरन्तर खर्च गरिरहनुपर्ने सास्ती पनि बेहोरिरहनुपर्छ । यसैले गरिवको जीवनस्तर उकास्नकालागि अनुदानमा टिनको छाना लगाइदिने कार्यक्रम अघि बढाएको हौ ,— गाप अध्यक्ष काफ्लेले भने ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा ५ हजार भत्ता

कानेपोखरी गाउँपालिकामा रहेको वर्थिङ सेन्टरमा आफनै खर्चमा दुई जना स्टाफ नर्स नियुक्त्ति गरेर गाउँमै सुरक्षित मातृशिसु सुरक्षा कार्यक्रमलाई सहयोग पुरयाएको छ । पहिले बर्ष भरिमा एक दुई जनाले सुत्केरी गराउने बर्थिङ सेन्टरमा नर्स नियुक्त्त भएपछि सुत्केरी गराउने आमाहरुको सँख्या १२ पुगिसकेको छ । बर्थिङ सेन्टरमा सुत्केरी गराएर मातृ शिशु मृत्यू दरलाई कम गराउनकालागि कानेपोखरी गापले प्रति सुत्केरी नगद ५ हजार रुपैया भत्ता पनि दिन थालेको छ । छोरी जन्माउनेले पाँच हजारमा थप पाँच सय रुपैया भत्ता पाउने गरेका छन ।

बिद्यार्थीलाई दैनिक १५ रुयैया खाजा भत्ता, शिक्षकलाई नीजिमा पार्ट टाइम जागिर खान प्रतिबन्ध

यसैगरि कानेपोखरी गाउँपालिकाले सामुदायिक बिद्यालयमा आर्कषण बढाउन शिक्षकहरुको गुणस्तरिय पढाईमा चासो दिन थालेको छ । पढाईलाई गुणस्तरिय बनाउन गायभित्र रहेका २३ ओटा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई नीजिमा पार्ट टाईमा जागिर खान प्रतिबन्ध लगाइएको छ । साथै पढाईको गुणस्तर सुधार सँगै विद्यार्थीलाई पनि सामुदायिक बिद्यालयमा आकर्षित गर्न दैनिक १५ रुपैया प्रतिविद्यार्थी खाजा भत्ता पनि दिन थालिएको छ ।

अघिल्लो वर्ष बिद्यार्थी खाजा भत्ता बापत १९ लाख रुपियाँ खर्च गरेको थियो भने यो वर्ष विद्यार्थी संख्या बढेका कारण २२ लाख खर्च हुने अनुमान गाउँपाकिलाको छ । कम बिद्यार्थी भएका होक्लावारी स्थित शिदार्थ आधारभूत लगायत चार विद्यालयको समायोजन प्रकृया पनि अगाडी बढाइसकेको अध्यक्ष काप्mलेले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]