Sorry, your browser does not support JavaScript! नक्कली जलबिद्युत्त आयोजना खोलेर ठगी गर्ने ओझा पक्राउ - Merodesh.news

नक्कली जलबिद्युत्त आयोजना खोलेर ठगी गर्ने ओझा पक्राउ

विराटनगर । नक्कली जल विद्युत्त आयोजना खोलेर ठगी गरेर फरार भएका गुणराज ओझालाई प्रहरीले पक्राउ गरेर ठगी मुद्दा दर्ता गराएको छ ।

नक्कली जलबिद्युत्त आयोजना

विराटनगर महानगरपालिका ४ कञ्चनबारी स्थित साझा मार्गमा तीन वटा घरमा नक्कली जल बिद्युत्त आयोजना र बिजनेश मेनेजमेन्ट ग्रुप कम्पनी खोलेर ठगी गरि फरार भएका कथित सचालक ओझालाई मंगलबार राती पक्राउ गरि मोरंग प्रहरीले ठगी मुद्दामा म्याद थप गराएको हो ।

मोरङको लेटाङ्ग नगरपालिका – ३ का ५३ वर्षिय ओझालाई मङ्गलबार राती विराटनगर–५ जामुनगाछी स्थित उनको ससुराली घरबाट पक्राउ गरेको र बुधबार जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गराएको मोरंग प्रहरीका एसपी मनोज केसीले बताए ।

यस्तो छ ओझाको ठगीको फेहरिस्त

ओझाले विराटनगरमा तीन वटा घर भाडामा लिएर तमोर मेवा जलबिद्युत्त आयोजना लिमिटेड र बिजनेश मेनेजमेन्ट ग्रुप नामका कथित कम्पनी खोलेका थिए । बिभिन्न व्यक्त्तिलाई कथित कम्पनीका नाममा शेयर बिक्रि गरेर करोडौ ठगी गर्ने उनको योजना थियो ।

त्यसकालागि उनले नेपाल सरकारको आधाकारिक कम्पनी भन्दै उर्जा मन्त्रालय र बिद्युत्त बिकास बोर्डलाई समेत बोर्धाथ गरेको देखाएर ५० जना कर्मचारी नियुक्त्त गरेका थिए । सरकारको स्केल अनुसारको तलब र थप पचास प्रतिशत भत्ता दिने भनेर बिभिन्न कर्मचारी नियुक्त्त गरेपनि उनले कर्मचारीहरुलाई पारिश्रमिक दिएका थिएनन् ।

बरु उल्टै शेयर दिने बहानामा कर्मचारीहरुबाट ५ हजारदेखी ३ लाख सम्म रकम सापटी लिएर ठगी गरेका थिए । कर्मचारीहरुले पटक पटक तलब माग्दा उनले बाउन्स चेक दिएर झुक्याउने गरेका थिए । आफुहरु ठगीएको थाहा पाएपछि कर्मचारीहरुले श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएपछि उनि कम्पनीको बोर्ड हटाएर बेपत्ता भएका थिए ।

उनले आइजिपी सर्बेन्द्र खनाल आफनो भान्जे ज्वाई भएकोले कसैले केही गर्न नसक्ने भन्दै उल्टै उजुरी गर्ने कर्मचारीहरुलाई ज्यान लिने सम्मको धम्की दिदै आएका थिए । श्रम कार्यालयले पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि पिडित कर्मचारीहरुले जिल्ला प्रशासनमा उजुरी गरेपछि प्रशासनले ओझालाई पक्राउ गरेर कानूनी कार्वाही गर्न मोरङ प्रहरीलाई आदेश गरेको थियो ।

त्यसपछि मोरङ प्रहरीले किटानी जाहेरी लिएर ठगी कसुरमा मोरंग अदालतमा मुद्दा दर्ता गरेर ओझालाई पक्राउ गरेको थियो । ओझाले आफुलाई बैभवशाली देखाउन दुई वटा स्कारपियो भाडामा लिएर कुदाउने गरको थिए भने आफुलाई पुर्व राजा ज्ञानेन्द्र र अजय सूमार्गीको पार्टनर भएको पनि बताउने गरेका थिए । ओझाले घरधनी सहित बिभिन्न व्यक्त्तिसँग कम्पनीको शेयर दिने बहानामा रकम असुलेका थिए ।

ओझाले कर्मचारी र घरधनी बाहेक अरु ककस्लाई ठगी गरेका छन त्यो अनुसन्धानबाट खुल्दै जाने एपसी केसीले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]