Sorry, your browser does not support JavaScript! ६ भारतीय अपहरण गर्ने दुई लाई नौ बर्ष कैद, धरौटीमा छाडिएका चारलाई सफाई - Merodesh.news

६ भारतीय अपहरण गर्ने दुई लाई नौ बर्ष कैद, धरौटीमा छाडिएका चारलाई सफाई

विराटनगर । भारतीय नागरिकलाई अपहरण गरि नेपालमा ल्याएर बन्धक बनाएर फिरौती माग्ने गिरोहका दुई जनालाई जिल्ला अदालत मोरङले जनही ९ बर्ष कैद सजाय सुनाएको छ ।

अपहरण

जिल्ला अदालत मोरङका न्यायाधिस नारायण प्रसाद शर्माको इजलासले मानव अहपरण तथा शरिर बन्धक कसुर मुद्दामा १० मंसिरमा गरेको फैसलाले २४ माघ २०७४ मा ६ जना भारतीयलाई अपहरण गरि नेपालमा बन्धक बनाएर फिरौती माग्ने गिरोहका सदस्य सुन्दरहरैचा नगरपालिका १ का ३९ बर्षीय टिकाराम खवास र सुन्दरहरैचा ९ का ५७ बर्षीय नारायण साह तेलीलाई जनही नौ बर्ष कैद सजाय सुनाएको हो ।

धरौटीमा छाडिएका चारलाई सफाई

थुनेछेक बहसमा जनही १ लाख ३१ हजार धरौटीमा छाडिएका अभियुक्त्तहरु सुन्दरहरैचा ९ का मधुकर शाह, मोरङ १ का ३८ बषीैय टिकाराम चौधरी १० का ३७ बर्षीय कान्छा भन्ने ठग बहादुर गुरूङ १२ का २४ बर्षीय नवराज गौतमलाई अदालतले फैसलामा सफाइ दिएको छ ।

६ जना भारतीयलाई अपहरण गरि बन्धक बनाईएको थियो

गिरोहले २४ माघमा भारत बिहार राज्यको खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने ३६ बर्षीय राज किशोर साह, ४२ बर्षीय अजय कुमार साह, ३० बर्षीय अखिलेश साह, ३८ बर्षीय दिनबन्दु तिवारी, ६२ बर्षीय बालेश्वर रजक र ४२ बर्षीय रञ्जित कुमारलाई पुजामा जाउँ भनि झुक्याएर नेपाल ल्याई अपहरण गरेर मोरङको बिराट चौकमा रहेका नारायण शाह तेलीको घरमा बन्धक बनाएका थिए ।

भारतमा रहेका गिरोहको सम्पर्कको आधारमा तेलीले आफनो घरमा पुजा छ भनेर अतिथिका रुपमा भारतीयहरुलाई झुक्याएर बोलाएका थिए । अपहरणमा परेका राज किशोर २५ माघ भागेर प्रहरी सम्म पुग्न सफल भएपछि एक लाख ५० हजार भारु र मोटरसाइकल नियन्त्रण लिएर गिरोहलाई पक्राउ गर्दै बन्धक बनाइएकाहरुको मोरंग प्रहरीले उद्धार गरेको थियो ।

मुख्य योजनाकार भारतीयहरु अझै फरार

अपहरणका मुख्य योजनाकार भारतको बिहार राज्य स्थित फारबिसगन्जमा हार्डवेयर पसल गरेर बस्दै आएका भारतीय नागरिक बालेश्वर शाह र सुरेशकुमार र पुर्णीयाका सन्तोषकुमार र सुसन यादब भनिन अझै फरार छन । उनिहरु भारतीय नागरिक भएकोले पक्राउ गर्न नसकेको प्रहरीको भनाई छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]