Sorry, your browser does not support JavaScript! प्रिमियर स्टिलले ल्यायो आफनो उत्पादन बजारमा - Merodesh.news

प्रिमियर स्टिलले ल्यायो आफनो उत्पादन बजारमा

विराटनगरका उद्योगीहरुको समुले स्थापना गरेको प्रिमियर स्टिल उद्योगले ८ देखी ४० एमएम व्यवासका फलामे डण्डिहरु बजारमा पुरयाएको छ । चाँडै ८० एमएम सम्मका डण्डिहरु उत्पादन गर्ने तैयारी गरिरहेको छ

विराटनगर । बढ्दो मागलाई ख्याल गर्दै विराटनगरका घरानियाँ उद्योगीहरुको समुहले स्थापना गरेको प्रिमियर स्टिल प्रालिले आफनो उत्पादन बजारमा ल्याएको छ ।

सुनसरीको दुहवी नगरपालिका ३ मा भर्खरै स्थापना भएको प्रिमियर स्टिल उद्योगले उत्पादन गरेको टीएमटी छड र अन्य सामग्रीहरु यही मंसिर ८ देखी बजारमा ल्याएको हो । विराटनगरको बिग होटलमा चितवनदेखी झापा सम्मको बिक्रेताहरु भेला गरेर औपचारिक कार्यक्रम आयोजना गरि प्रिमियर स्टिल प्रालीले आफनो पहिलो उत्पादनको बिक्री शुभराम्भ गरयो । दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छेदारले उत्पादन बिक्री कार्यक्रमको शुभराम्भ गरेका थिए ।

एक नम्बर प्रदेशमा हुने सबैखाले निर्माण कार्यहरुमा प्रयोग हुने सामग्री आपुर्ति गर्ने ध्येय सहित प्रिमियर स्टिल उद्योग स्थापना भएको र गुणस्तरिय उत्पादन थालेको अध्यक्ष शिवरतन सारडाले बताए । निर्देशक अनुपम राठीका अनुसार विराटनगरका सारडा र राठी समुहले संयुक्त्त रुपमा प्रिमियर स्टिल उद्योग स्थापना गर्ने सोच २०७२ मै बनाएपनि भुकम्पले बाधा हाल्दा २०७५ मा मात्र सार्थक भयो । दुवै उद्योगी समुहको स्टिल उद्योगमा ४० बर्षको अनुभवले गर्दा आधुनिक प्रिमियर स्टिल उद्योग स्थापना हुन सकेको उच्च गुणस्तरका सामग्रीहरु उत्पादन हुन संभव भएको हो ।

प्रिमियरका उत्पादनहरु अरु उत्पादन भन्दा गुणस्तरिय रहेको प्रबन्ध निर्देशक पवनकुमार सारडाले बताए । सारडा र राठी समुह दशकौ पहिलेदेखी एभरेष्ट, हेटौडा लगायतका आइरन उद्योगहरु सञ्चालन गर्दै आइरहेको समुह हो । कम्पनीका टेक्निकल निर्देशक अभिजित सिँहका अनुसार प्रिमियर स्टिलसँग देशकै उत्कृष्ट प्रोसेसिंङग ल्याव र सार्प व्लेड रहेको छ । ‘यसैले प्रिमियरका उत्पादनहरु तोकिएको भन्दा बढि गुणस्तरमा ८ देखी ४० एमएममा उत्पादन भैरहेका छन र चाँडै ८० एमएम सम्मका उत्पादन हुनेछन’ – टेक्नििकल निर्देशक अभिजितले भने ।

कम्पनीका मार्केटिङ मेनेजर उमेश बरालले प्रिमियर स्टिल उद्योगले उत्पादन गरेका टिएमटी छठहरु र अन्य सामग्रीहरु हल बिक्रि मध्य नेपालको चितवनदेखी पुर्वको काकडभिट्टा सम्म बिक्रि भैरहेको छ । उनका अनुसार निर्माण भैरहेका र हुने जलबिद्युत्त आयोजना, सरकारका धेरै राष्ट्रिय गौरवका आयोजनाहरु, बिभिन्न पुलहरु, नया शहरको निर्माण अनि बढदो भौतिक निर्माणका कार्यहरुले गर्दा नेपालमा टिएटी छडहरुको माग उच्च रहेको छ । यसैले नेपालमा स्टिल उद्योगहरु स्थापना हुनेक्रम पनि बढिरहेको छ ।

नेपालमा पाच दशक अघिदेखी स्टिलका सामग्री उत्पादन हुन थालेको हो । तर पहिले स्वचालित मेसिन थिएन। भट्टीमा डन्डी हाल्ने, चिम्टाले निकाल्ने गरिरन्थयो। क्रमश टरस्टिल हुदै हाल टीएमटी प्रबिधिका छठहरु उत्पादन हुन थालेका छन । हाल नेपालमा टीएमटी र बार भएको दुई प्रकारमा आठ एमएम, १० एमएम, १२ एमएम, १६ एमएम, २० एमएम, २५ एमएम, २८ एमएम र ३२ एमएम र ४० एमएम व्यास भएको फलामे छड उत्पादन हुँदै आएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]