Sorry, your browser does not support JavaScript! ढोरपाटनमा आगलागीबाट ३० घर जले - Merodesh.news

ढोरपाटनमा आगलागीबाट ३० घर जले

गलकोट।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो ।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो । “ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भन्नुभयो, “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।”

नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताउनुभयोस्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ
पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

बाग्लुङ, २२ मंसिर । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६[...]

विद्युत् प्राधिकरणद्वारा विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही
विद्युत् प्राधिकरणद्वारा विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

दमौली। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा[...]

हेलिकप्टर दुर्घटनाप्रती मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटनाप्रती मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । मुख्यमन्त्री गुरुङ[...]