Sorry, your browser does not support JavaScript! तीन कोइरालाको एकताले कोइराला निवासमा चहलपहल फर्किने आशा  - Merodesh.news

तीन कोइरालाको एकताले कोइराला निवासमा चहलपहल फर्किने आशा 

विराटनगर । पुर्व प्रधानमन्त्रि तथा नेपाली काँग्रेसका पुर्व सभापति गिरिजा प्रसाद र नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष नोना कोइरालाको निधनपछि सुनसान बन्न पुगेको विराटनगर महानगरपालिका ७  स्थित कोइराला निवासमा फेरि रौनक फर्कने आशा जागेको छ ।
कोइराला निवासमा चहलपहल
परिवारिक कलहले गर्दा अंशबण्डा भएर संग्राहलय बन्न नसकेको कोइराला निवास नौ बर्षसम्म सुनसान हुनपुगेपनि २ मंसिरमा तीन कोइरालाहरुले एक भएको सन्देश दिएपछि बिरानो बनेको कोइराला निवासमा फेरि रौनक फर्कने आशा कार्यकर्ता माझ जागेको हो ।
७ चैत २०६६ मा ८७ बर्षिय नेता गिरिजाप्रसादको मृत्यू भएपछि कोइराला परिवारको बिरासतसँगै काँग्रेसको नेतृत्व गर्ने सम्भावना  बोकेका दोस्रो पुस्ताका तीन   नेताहरुबाट कोइराला निवासले उत्तराधिकारीको आश लिएको थियो । तर नीजि स्वार्थले गर्दा उनिहरु बिच एकता हुन नसक्दा चुनौती बनेको बनिरहेको थियो । बिपी पुत्र शसाङ्क, नोना पुत्र शेखर र जीपि (गिरिजाप्रसाद) पूत्री सूजाता कोइरालाहरु आआफनो महत्वकांक्षाले गर्दा मनमुटाव गरेर आफनालागि मात्र स्वार्थको राजनीतिमा व्यस्त भएका थिए ।
उनिहरु अलग अलग भएकै कारण स्वर्गीय गिरिजाप्रसादको मृत्यूपछि कोइराला निवासालाई ऐतिहासिक सग्राहलय बनाउनुपर्ने आम कार्यकर्ताहरुको चाहना बिपरित परिसरमा रहेको ९ कठा जग्गा आफआफनो अंशमा पारेर कोइरालाहरुले बिक्रि गरेका थिए । एकातिर काँग्रेसको बिरासत थामेको कोइराला निवासमा चाहेता नेता नभएको र अर्कोतिर संग्राहलय बनाउने कुरामा समेत दाईभाई र बहिनीहरुको कुरा नमिलेपछि कार्यकर्ताहरु निरास हुन पुग्दा कोइराला निवास ९ बर्षसम्म बिरानो हुन पुगेको थियो । नेतृ नोना र गिरिजाप्रसाद हुँदासम्म सधै कार्यकर्ताहरुले खचाखच हुने कोइराला निवासमा कार्यकर्ताहरुको चहलपहल शुन्य भएपछि बिरानो बनेको थियो ।
कोइराला निवासमा चहलपहल बढाएर  पहिले झै बिरासत फर्काउन नोना पुत्र डा शेखर कोइरालाले निक्कै पर्यप्त गरिरहे । उनले बिराटनगर आँउदा स्वर्गिय गिरिजाप्रसादले झै पत्रकाहरु बोलाएर चिया र मिठाई खुवाएर बरण्डामा बसेर पत्रकार सम्मेलन आयोजना गर्ने कार्यकर्ता भेटभाट गर्ने गरिरहे । केही पटक जिपी पुत्र सूजाता र एक दुई पटक बिपी पुत्र शंसाकले पनि उसैगरि निवासको बरण्डामा बसेर पत्रकार भेटघाट गर्ने सिको गरेर देखाएर । तर उनिहरुले प्रयास गरेपनि काँग्रेस पार्टी र सरकारी सत्तामा उनिहरुको पहुँच गुमेकोले गर्दा कोइराला निवासमा चहलपहल फर्कन सकेन ।
कोइराला निवासमा चहलपहल
धेरैले मुलघरमै बसेर मोरंगमै निर्वाचन डलेर काँग्रेस राजनीतिमा सक्रृय भैरहेका डा शेखरले आफनो शक्त्ति बढाएर पुन निवासको चहलपलह फर्काउछन भन्ने कार्यकर्तामा बिश्वास थियो । तर उनि पछिल्लो पटक प्रतिनिधि सभाको चुनावमा पराजित भएपछि आशा निरासमा फेरियो । अर्कोतिर बिपी पुत्र शंसाक काठमाण्डौ बस्ने र सूजाताले निवासलाई छेकेर अग्लो तीनतले जिपी फाउण्डेसनको भवन बनाएपछि कोइराला निवासको रौनक झन घटयो । एकातिर राजनीतिमा एकता नहुनु र अर्कोतिर कोइराला परिसरमै कोइरालाहरुको दुई बिरासत देखापर्नुले कार्यकर्ताहरु कोइराला निवास जान पनि हच्किन थाले ।
कोइराला निवासलाई निक्कै नजिकबाट देखे बुझेका बिराटनगरका अग्रज पत्रकार अनन्त न्यौपानेका अनुसार बेला यस्तो पनि आएको थियो पहिले कस्लेलाई भेटन जाने भन्नेमा समेत कार्यकर्तालाई सकस पर्न थालेको थियो । न्यौपाने भन्छन्, – ‘गुटमा लाग्यो वा असहयोगी रहेछ भन्ने आरोप लाग्ला भनेर कार्यकर्ताहरु शेखर र सूजातालाई भेटनुपर्दा लुकीलुकी जानुपर्ने बाध्यतामा समेत थिए ।’
पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद  र नोनाको निधनपछि सुनसान बन्न पुगेको कोइराला निबासको कुल ९ कठा जग्गा मध्ये शसाङ्कले आफनो भागमा परेको सबै जमिन बिक्रि गरिसकका छन् । सुजाताले आफनो भागमा परेको चार कठा जमिनमा जीपी ट्रस्टको नाममा तीन तले भवन निर्माण गरेर त्यहाँ एक नम्बर प्रदेशको कार्यालय पनि खोलेकी छन् । बाँकी रहेको जमिनमा उनले जिपी संग्राहलय बनाउने योजना बनाएकी छन् ।
विराटनगर आउँदा उनि त्यही घरमा बस्ने गर्छिन् । आफनो भागमा परेको कोइराला निवास  डा शेखरले संरक्षण गरेका   छन् । विराटनगर आउँदा डा शेखर आफनो भागमा परेकोले पुख्यौली निबासमै बस्ने गर्छन ।  २ मंसिरमा चाँही जिपी कोइराला ट्रस्टको  भवन परिसरमा तीन कोइरालाहरु (शङ्साक, शेखर र सूजाता) एउटै माला लगाएर मञ्चबाट एक भएको सन्देश दिएका थिए ।  । उनिहरु तीनै जनाले दिउँसोको भोजन शेखरको भन्छामा गरेका थिए भने साँझको डिनर  सूजता र शेखरले कार्यकर्ताहरु सहित आफनो भान्छामा आयोजना गरेकी थिइन् ।
जिपी फाउन्डेसन एक प्रदेश कार्यलयकी सहयोगी ईन्दु दर्नाले २ मंसिरमा विराटनगरबाट तीन कोइरालाहरुले एक भएको सन्देश दिएपछि निवास अवलोकन गर्न आउनेहरु पनि बढन थालेको र कार्यकर्ताहरु पनि सहज रुपमा आवत जावत गर्ने गरेको बताउँछिन् ।

तीन कोइरालाहरु एक भएपछि यस्तो थियो काँग्रेस नेता कार्यकर्ताहरुको उत्साह 

२ मंसिरमा कोइराला निवास परिसरमा आयोजित जिपी फाउन्डेनसनको एक प्रदेश कार्यालय उदघाटन कार्यक्रममा तीन कोइरालाहरु एक भएको र सयौ कार्यकर्ताहरुको जमघट भएको देखेपछि काँग्रेस केन्द्रिय सदस्य असन अन्सारीले भाषणमा  काँग्रेस केन्द्रिय सदस्य हसन अन्सारीले तीन कोइराला नेतालाई बिराटनगरको कोइराला निवासमा एउटै मञ्चमा सयौ अगुवा कार्यकर्ताहरु बिच देख्दा बषौदेखी बिरानो भएको कोइराला निवासको बिरासत फर्केको महशुस भएको बताएका थिए ।
उनले कोइराला निवास काँग्रेसको तीर्थ स्थल भएकोले त्यसलाई तीन कोइरालाहरु कहिल्यै बिरानो हुन नदिन सधै एक हुन अनुरोध पनि गरेका थिए । साँसद सिताराम मेहताले काँग्रेसको बाधक काँग्रेस नै भएकोले गर्दा काँग्रेस  कमजोर भएको भन्दै काँग्रेसीहरु सुध्रिए काँग्रेस सुर्धान अरु कोही चाहिदैन भन्दै एकताकालागि शुभकामना दिएका थिए  । उनले कोइराला बिरासतको गुमेको चहलपहल बढनु भनेको काँग्रेसमा उर्जा बढनु भदै दिगो एकता बनाएर नेतृत्व प्रदान गर्न आग्रह पनि  गरेका थिए ।
काँग्रेस केन्द्रिय सदस्य प्रभुनारायाण चौधरीले जनताको चाहना पुरा गर्न तीन कोइरालाहरु एक हुनुको बिकल्प छैन भने । एक नम्बर प्रदेश संसदिय दलका नेता राजिब कोइरालाले तीन कोइरालाहरुले  स्वर्गीय गिरिजाप्रासदले जस्तो चट्टानी अडान लिएर काँग्रेसलाई नेतृत्व दिनसकेमात्र उपलव्धि हासिल हुने बताएका थिए  । नेबि संघका पुर्व सभापति रन्जित कर्णले काँग्रेसलाई बलियो बनाउने र मुलुकलाई बिकास र संबृद्धिमा लाने काम कोइरालाहरु बाहेक अरु कसैले गर्न नसक्ने ठोकुवा गरका थिए  । विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले कोइरालाहरु एक भएमा देशको नेतृत्व सधै काँग्रेसले गर्न सक्ने दाबी गरेका थिए  ।
काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुंगले एउटै मञ्चमा भेला भएर संयुक्त रुपमा उदघाटन गर्ने तीन कोइरालाको कार्यलाई महान हो भन्दै अव काँग्रेसमा गुट अन्त भएर एकताको सुत्र अगाडी बढछ भन्नेमा आफुहरु ढुक्क भएको बताएका थिए  । उनले भनका थिए,– ‘जब सम्म कोइरालाहरु एक हुदैनन तव सम्म नत काँग्रेस बलियो हुन्छ नत बिरासत नै जोगिन्छ यसैले उहाँहरु तीनै जनाको एकता अनिर्वाय भएको हो ।,
फाउण्डेसनको उदघाटन कार्यक्रममा प्रकट हुने एकै बिरासतका तीन कोइराला नेताहरुलाई हेर्न र उनिहरुको भाषण सुन्न एक नम्बर प्रदेशका काँग्रेस साँसदहरु, जिल्ला सभापतहिरु अगुवा कार्यकर्ताहरु काँग्रेसबाट निर्वाचित गाउँ र नगरपालिका प्रमुख उपप्रमुख र जनप्रतिनिधिहरुदेखी, कर्मचारी, कानुन व्यवसायी लगायत पेशाकर्मीहरुको पनि बाक्लो उपस्थिती थियो । उदघाटन कार्यक्रममा बिभिन्न एकता भल्कििने गीत नृत्य पनि प्रर्दशन गरिएको थियो । सोही अवसरमा स्वर्गीय गिरिजाप्रसा कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीको पनि उदघाटन तीन कोइराला संयुक्त्त रुपमा तीन कोइराला नेताहरुले गरेका थिए ।
शसाङ्क कोइराला स्वर्गीय कृष्ण प्रसाद कोइरालाका जेठा छोरा बिपीका पूत्र हुन् । शेखर कोइराला कृष्ण प्रसादका माइला छोरा केशवप्रसादका पूत्र हुन् । सूजाता चाँही कृष्णप्रसादका कान्छा छोरा गिरिजाप्रसादकी पूत्री हुन् । उनिहरु सबै जना नेपालमा प्रजातन्त्र स्थापना भएपछि (२०४७) काँग्रेसको राजनीतिमा सत्रृmय हुन थालेका हुन् ।
Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]