Sorry, your browser does not support JavaScript! अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा कटौती - Merodesh.news

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा कटौती

वासिङ्टन। संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि तय भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियासँगको आणविक वार्तालाई सहजीकरण गर्नका लागि सैन्य अभ्यासमा कटौती गर्न लागिएको बुधबार जानकारी दिए ।

संयुक्त सैन्य अभ्यासमा कटौती

“फोल इगल नाम दिइएको सैन्य अभ्यासलाई दुई देशबीचको कुटनीतिक प्रयासलाई नोक्सान नहुने गरी आयोजना गरिनेछ,” म्याटिसले भने। दुई देशले आयोजना गर्ने नियमित फोल इगल सैन्य अभ्यास सबैभन्दा ठूलो हो । यो अभ्यासप्रति उत्तर कोरियाले जहिल्यै आपत्ति जनाउँदै आएको छ । उत्तर कोरियाले यो सैन्य अभ्यासलाई प्रत्याक्रमणको रुपमा हेर्ने गर्दछ ।

करिब दुई लाख दक्षिण कोरियाली र करिब तीन लाख अमेरिकी सेना सहभागी हुने यो विशाल सैन्य अभ्यासमा गत वर्ष पनि केही ढिलाइ र कटौती गरिएको थियो । उत्तर कोरियाका नेता किम जोङ अनसँग सिंगापुरमा जुन महिनामा भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए ।

उनको भनाइमा यो सैन्य अभ्यास धेरै खर्चिलो र उत्तेजना फैल्याउने मात्र रहेको छ । त्यसयता दुवै मुलुकले अरु पनि सैन्य अभ्यासहरु स्थगित गरिसकेका छन् । अर्को महिनाका लागि तोकिएको भिजिलान्ट एस तथा गत अगष्टमा उल्ची फ्रिडम गार्डियन नामका सैन्य अभ्यास रोकिएका छन् ।

तर उत्तर कोरियासँग हालैका दिनमा वार्ताहरु स्थगित भएका छन् । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण पूर्ण पारदर्शिताका साथ नगरिए उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने बताउँदै आएको छ भने उत्तर कोरियाले अमेरिकाको उक्त कदमको कडा शब्दमा निन्दा गरिआएको छ । अमेरिकाले दक्षिण कोरियामा २८ हजार ५०० सेना तैनाथ गरेको छ

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले उत्तर कोरियासँग मित्रतापूर्ण सम्बन्ध स्थापना गर्ने लामो समयदेखि प्रयत्न गरिरहेका छन् । उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम विरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषदले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

आणविक निःशस्त्रीकरणतर्फ उत्तर कोरियालाई सहमतिमा ल्याउन राष्ट्रपति मूनले उत्तर कोरियामा लगानी बढाउने र संयुक्त अन्तर–सीमा परियोजनाहरु आरम्भ गर्ने वचनबद्धता व्यक्त गरेका छन् । तर अस्त्र उत्पादन कार्यक्रम रोक्नै पर्ने अमेरिकी दबाब प्योङयाङमाथि छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तरका जायज गुनासालाई सम्बोधन गर्नुपर्ने भनी अमेरिकी रक्षामन्त्रीले राखेका धारणामाथि सहमति जनाएका छन् । कोरिया राष्ट्रिय कुटनीतिक प्रतिष्ठानका प्राध्यापक कीम ह्यून–वूकले संयुक्त सैन्य अभ्यास कटौती हुने सम्भावना रहेको बताए । उनले भने, “ट्रम्प प्रशासनले आणविक तथा क्षेप्यास्त्र परीक्षणमा कमी आउनु सकारात्मक रहेको दाबी गरिरहेको छ । त्यहीकारण संयुक्त सैन्य अभ्यासमा पनि कटौती हुनु स्वाभाविक हो ।”

प्योङयाङले आणविक र क्षेप्यास्त्र विकास कार्यक्रम पूरा भइसकेको घोषणा गरेको छ । उत्तरले थप परीक्षण समेत आवश्यक नरहेको बताएको छ । ट्रम्पले पनि अर्को वर्षको शुरुमा कीमसँग दोस्रो बैठक गर्ने विश्वास व्यक्त गर्नुभएको छ, तर यही बैठकको तयारीका लागि हुन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली उच्च नेतृत्वबीचको बैठक भने रद्द गरिएको छ ।

उत्तर कोरिया आफैँ तयार नभएकाले बैठक हुन नसकेको अमेरिकी भनाइ छ । राष्ट्रपति ट्रम्पले आफूलाई पनि ज्यादै हतार नभएको बताएका छन्  ।

रासस
Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]