Sorry, your browser does not support JavaScript! चार बुँदे सहमतीपछि दुहबीको तनाव अन्त्य - Merodesh.news

चार बुँदे सहमतीपछि दुहबीको तनाव अन्त्य

हत्या गरिएका फिदालाई शहिद घोषणा गर्ने, परिवारलाई १० लाख क्षतिपुर्ति दिने, छोरालाई जागिर दिने र हत्यारको खोजी गर्ने बिहिबार अपरान्ह्र प्रशासन र आन्दोलनकारी बिच सहमती।

 

विराटनगर । बुधबार सुनसरीको दुहबीमा भएको मोहम्मद फिदा हुसैनको हत्या पछि तनावग्रस्त भएको दुहबी बजारबाट आवागन सुचारु भएको छ ।

दुहबीको तनाव अन्त्य

आक्रोशित आन्दोलनकारीहरु र प्रशासन बिच दिनभर भएको संबादपछि प्रशासनसँग अपरान्ह चार बुँदे सहमती भएपछि तनावग्रस्त दुहबी बजारमा आवागमन सूचारु भएको हो । सुनसरीका सिडिओ प्रेमप्रकाश अधिकारीका अनुसार सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहेता समेतको रोहवरमा भएको वार्तापछि मृतक फिदालाई शहीद घोषणा गर्न सिफारिश गर्ने, मृतक परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति दिलाउने, छोरालाई रोजगारी दिलाउने र हत्यारालाई तदारुकताकासाथ खोजी गर्ने सहमती भएको छ ।

दुहबीको तनाव अन्त्य

सहमतीपछि कोशी राजमार्गमा पर्ने दुहवी बजारबाट ईटहरी विराटनगर यातायात सूचारु भएको छ । बुधबार बिहान दुहवी नपा ९ का फिदाको अज्ञात समुहले हत्या गरेपछि आक्रोशित स्थानियहरुले गृह मन्त्रि आएर सूरक्षाको प्रत्याभूति नदिलाएसम्म बन्द फिर्ता नलिने भन्दै आज बिहिबार पनि दिनभर सडकमा शव राखेर प्रर्दशन गरेका थिए । जसले दुहवी बजार पुर्ण बन्द भएको थियो भने आवागमन पनि ठप्प भएको थियो ।

दुहबीको तनाव अन्त्य

४ असोजमा सुनसरीको भुटाहामा दिउँदै मुस्लिम अगुवा खुर्सिद आलमको हत्या भएको दुई महिनापछि फेरि सुनसरीको दुहबीमा ५ कार्तिकमा अर्को एक जना मुस्लिम अगुवाको हत्या भएपछि मुस्लिम समुदायका स्थानियहरु आन्दोलित भएपछि दुहबी बजार दुई दिनसम्म तनावग्रस्त बनेको थियो । दुहबी नगरपालिका ९ का बासिन्दा फिदालाई बिहान पत्नीसँगै मर्निङवाक गर्ने समयमा मोटरसाइकलमा आएका दुई जना सुटरहरुले गोली प्रहार गरेर हत्या गरेका थिए ।

आक्रोशित मुस्लिम समुदायका स्थानियहरुले बिहिबार दिनभर बिहानैदेखी सडकमा हत्या गरिएका फिदा हुसैनको शव राखेर गृह मन्त्रि नआएसम्म शव सडकबाट नउठाउने भन्दै प्रर्दशन गरेका थिए । आक्रोशित मुस्लिम समुदायका मानिसहरुले निरन्तर श्रृखलाबद्ध रुपले नेपाली मुस्लिमहरुको हत्या भैरहँदा सरकारले सुरक्षा दिन नसकेको भन्दै गृह मन्त्रिको राजिनामा माग गरेका थिए । ४ मङसिर साँझ सुनसरीका सिडिओ प्रेमप्रकाश उप्रेती मार्फत स्थानियले प्रधानमन्त्रि केपी ओलीलाई पाँच बुंदे ज्ञापन पठाएका थिए ।

दुहबीको तनाव अन्त्य

त्यसमा २४ घण्टाभित्र हत्यारा पक्राउ गर्नुपर्ने, फिदा हुसैनलाई शहिद घोषणा गर्नुपर्ने र परिवारको उचित भरणपोषण गर्नुपर्ने लगायतका माग थिए । दुहबीबासीका नाममा पुर्व उपप्रधानमन्त्रि तथा नेपाली काँग्रेसका उपसभापति बिजय गच्छेदार, संघिय साँसद अमनलाल मोदी, एक नम्बर प्रदेश सभा काँग्रेस सँसदिय दलका नेता राजिव कोइराला, प्रदेश साँसद लिलम बस्नेत र दुहबी नपाका मेयर बेदनारायण गच्छेदार लगायतले उक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । तर आक्रोशित स्थानियहरुले २४ घण्टा भित्र हत्यारा पक्राउ गर्न नसकेको भन्दै प्रर्दशन बिहिबार पनि जारी राखेका थिए ।

नेपाल बिद्युत्त प्राधिकरण खनार शाखामा कार्यरत फिदा दुहबी ९ मा रहेको जयबाबा ईटा उद्योगमा म्यानेजर पनि थिए । मिलनसार स्वभाका उनका दुई श्रीमती पाँच छोरा र तीन छोरी छन । उनि दुहवी नपा ९ का वडा अध्यक्ष तथा नेपाली काँग्रेसका नेता मेहँदी हुसैनका भाई हुन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]