Sorry, your browser does not support JavaScript! विराटनगरबाटै माउन्टेन फ्लाइट - Merodesh.news

विराटनगरबाटै माउन्टेन फ्लाइट

विराटनगर । विराटनगरबाटै माउण्टेन फ्लाइट गर्ने प्रतिवद्धता जनाएको प्रदेश सरकारले छ महिना सम्म तयारी नगरेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगरका पर्यटन व्यवसायीले आफै माउण्टेन फ्लाइट गर्ने भएका छन् ।

विराटनगरबाट मंसिर ८ गते शनिवार साप्ताहिक रुपमा व्यसवायीले माफउण्टेन फ्लाइट गर्ने भएका हुन् । विराटनगरका पर्यटन तथा होटल व्यवसायीहरुले ‘विराट होलिडेज् ‘ नामवाट सताको प्रत्येक शनिवार माउण्टेन बताएका हुन् । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन लागेको जानकारी दिएको छ ।

विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउण्टेन फ्लाइट गराइएको थियो । विराटनगर विमानस्थलबाट ५५ मिनेटको फ्लाइट हुने र जनही ९ हजार ९सय रुपैयामा गर्ने छ ।

विराटनगरका अगुवा पर्यटन व्यवसायी तथा नेपाल उद्योग बाणिज्य संघ महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात समितिका संयोजक भविषकुमार श्रेष्ठको संयोजकत्वमा ‘विराट होलिडेज’ बनाइएको हो । त्यसमा अन्य होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एशोसिएशन सम्वद्ध पदाधिकारीहरु सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले भने–‘सरकारलाई भन्दाभन्दा ग¥र्यौं, केहि लागेन, जे सुकै गरेर भएपनि मंसिरको शनिवार देखि नियमित Ïलाइट गराउछौं ।’

व्यवसायीहरुले लहान, विराटनगर, इटहरी, दमक, विर्तामोड लगायतका आन्तरिक प्रमुख बजार र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी माउण्टेन Ïलाइटको तयारी गरेका हुन् । सम्वद्ध एयरलाइन्सले समेत सकारात्मक रुपमा लिएका कारण आफुहरु उत्साहित भएर लागेको व्यवसायी श्रेष्ठले बताए ।

माउण्टेन Ïलाइटमा प्रदेश १ भित्रै पर्ने आठ हजार मिटर माथिका हिमश्रृंखलाको अवलोकन गर्न सकिनेछ । व्यवसायी श्रेष्ठस“गै विराटनगरका धेरै होटल तथा पर्यटन व्यवसायीहरुले विराटनगर विमानस्थललाई आधार बनाएर माउण्टेन फ्लाइट गर्न लागेको बताए ।

फ्लाइटका लागि विराटनगर आधार क्षेत्र रहेका ट्राभल एजेन्सीहरुले टिकट विक्री गर्नेछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]