Sorry, your browser does not support JavaScript! सनम शाक्य हत्या र सुन तस्करी प्रकरण : उच्च पदस्थ प्रहरी विरुद्ध १७ नम्बर - Merodesh.news

सनम शाक्य हत्या र सुन तस्करी प्रकरण : उच्च पदस्थ प्रहरी विरुद्ध १७ नम्बर

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका उच्च पदस्थ प्रहरी विरु सर्बाेच्च अदालतमा १७ नम्बर निवेदन गरिने भएको छ ।

रिट खारेज

उच्च अदालत विराटनगरको आदेश पछि छुटेका सुन तस्करीको आरोप खेपिरहेका हाइप्रोफाइल प्रहरी अधिकृत विरुद्ध सर्बाेच्च अदालतमा उच्चको आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूपक्र्षकालागि निवेदन गरिने भएको हो ।

उच्चको आदेश वदर गरी थुनामा राखेर पूर्पक्ष गर्न सर्बाेच्च अदालत जाने तयारी भएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख चिरञ्जिबी पराजुलीले जानकारी दिए । ‘हामी तयारी गरिरहेका छौ ।’ उनले भने ‘ डिआइजी गोबिन्द निरौला, एसपी विकाशराज खनाल र गोरेका सहयोगी राम तिवारीका विरुद्ध सर्बाेच्चमा १७ नम्बर गर्ने तयारी गर्दैछौ ।’

मदन शिलवाल र प्रभाव अग्रवालको आदेशको नक्कल मगाएर सर्बाेच्चमा मुद्दा दायर प्रकृया अघि बढाउने बताए । सिलवाल र अग्रवालको फाइल तयार पार्न केही दिन लाग्ने बताउदै उनले दुई प्रहरी अधिकृत सहित तीन जनालाई तत्काल मुद्दा दायर गरिने बताए ।

जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेका हाइ प्रोफाइल प्रहरी अधिकृत पूर्व डिआइजी गोबिन्द निरौला, एसएसपी दिबेश लोहनी, एसपी बिकासराज खनाल, डिएसपी प्रजित केसीलाई साधारण तारेख र व्यापारी सञ्जय खेतान भनिने प्रभात अग्रवल, रामकुमार तिवारी र गोरेका सहयोगी मदन शिलवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्ने आदेश दिएको थियो ।

गत फागुन १८ गते सुन तस्करीको सञ्जाल चलाइरहेका चुणामणी उप्रेती गोरे सहितको समुहले सुन तस्कर समुहको भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो । शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको सुन तस्करी मुद्दाको छानविनकालागि गृहमन्त्री रामबहादुर थापा बादलले सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेका थिए ।

पौडेल नेतृत्वको समितिले सुन तस्करी प्रकरणमा मुछिएका निरौला सहित ६३ जना विरुद्ध गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको थियो ।

तत्कालिन समयमा दुईसाता लामो बहस पछि जेठ ८ गते जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले निरौला सहित तत्कालिन समयमा पक्राउ परेका २९ जनालाई पूर्पक्षकालागि कारागार चलानको आदेश दिएको थियो । तर जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा १७ नम्बर निवेदन गरेका डिआइजी निरौला असोज ११ गते साधारण तारेखमा छुटेका थिए । उच्चका न्यायधिस सारङगा सुबेदी र जनक पाण्डेको इजलासले साधारण तारेखमा छोड्ने आदेश दिएको थियो ।

त्यस्तै जिल्लाको आदेश पछि थुनामा रहेका एसएसपी विकाशराज खनाल गत असोज २ गते छुटेका थिए । बिमानस्थलमा रहदा सुन तस्करी प्रकरणलाई सहयोग गरेको आरोप लागेका खनाललाई नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

उमेशराज पाण्डे र उमेशकुमार सिंहको इजलासले गत भदौ ३१ गते गोरेका सहयोगी राम तिवारीलाई पाच लाख र डिएपी प्रजित केसीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतका न्यायधिस साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले गत कात्तिक २९ गते तस्करीको सुनमा लगानी गरेको आरोप लगेका सन्जय खेतान भनिने प्रभाव अग्रवाल र मदन शिलवाललाई जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । एसएसपी दिबेश लोहनीलाई गत भदौ २९ गते न्यायधिस नागेन्द्रलाभ कर्ण र सारङ्गा सुबेदीको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

सुन तस्करी प्रकरणमा जिल्लाको आदेश पछि थुनामा रहेका भूजुङ गुरुङ,एसएसपी श्यामबहादुर खत्री, सई बालकृष्ण सञ्जेल सहित १५ जनाको मुद्दाको आदेश हुन बाकी छ ।

गत फागुन १८ गते सुन तस्करीको समुहका भरिया सनम शाक्यको हत्या प्रकरणको अनुसन्धान पछि तीन पटक ७५ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम( करिब ३८ क्वीन्टल) अबैध रुपमा सुन आयात गरिएको दाबि सहित मुद्धा दायर गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]