Sorry, your browser does not support JavaScript! बिरासतकालागि तीन कोइराला एकै ठाउँ - Merodesh.news

बिरासतकालागि तीन कोइराला एकै ठाउँ

“बुवा विश्वेश्वरले जस्तै हामी त्याग गर्न तैयार छौ मै सभापति हुनुपर्छ भनेर भन्दैनौ” —महामन्त्रि शसांक कोइराला

“हामी तीन कोइरालाले काँग्रेस र देशकालागि केही गरेरै देखाउने छौ ढुक्क हुनुहोस तिक्त्तता आजैदेखी सबैले बिर्सौ र सबै एक भएर अगाडी बढौ” – केन्द्रिय सदस्य शेखर कोइराला ।

काँग्रेसमा सबैको योगदान छ यसैले काँग्रेसलाई सबैले मिलेर उर्जा दिन चाहन्छौ —, सूजाता कोइराला

निक्कै बर्षपछि कोइराला निवासमा चहलपहल भयो यस्तो सधै रहोस तीन कोइरालाले काँग्रेसलाई काँध थापुन — हसन अन्सारी (केन्द्रिय सदस्य)

“तीन कोइराला मिलेर मात्र हुदैन काँग्रेसमा हामी जस्ता धेरैको योगदान छ यसैले तीन कोइरालाले सबैलाई मिलाउने जिम्मेवारी पुरा गर्नुपछ” — अमृत अर्याल (केन्द्रिय सदस्य)

विराटनगर २ मंसिर । नेपाली काँग्रेसलाई बलियो बनाउन र राष्ट्रलाई कम्युनिष्ट शासनबाट मुक्त्त गराउन नेपाली काँग्रेस पार्टीमा सक्रृय तीन कोइराला नेताहरुले सबै तिक्त्ताहरु बिर्सेर एक भएको उदघोष गरेका छन ।

२ मंसिर आइतबार बिराटनगगर स्थित कोइराला निवास परिसरमा रहेको जिपी फाउण्डेसनको एक नम्बर प्रदेश कार्यालयको काँग्रेस पार्टीमा सक्रृय तीन कोइराला थरका नेताहरुले संयुक्त्त रुपमा उदघाटन गरेर एकताको उदघोष गरेका हुन । फाउन्डेसनको प्रदेश कार्यालय उदघाटन गर्नेहरुमा कोइराला बिरासतका तेस्रो पुस्ताका काँग्रेसमा सक्रृय बिपी, केपी र जिपीका सन्तानहरु एउटै मञ्चमा प्रकट भए । उनिहरुले आफुहरु कहिल्यै बिभाजित नभएको र आज र भोली पनि कुनै हालतमा नहुने कसम मात्र खाएनन् , मञ्चमा एउटै माला लगाएर एकताको सन्देश पनि प्रवाह गरे ।

विराटनगर स्थित जिपी फाउण्डेसको एक नम्बर प्रदेश कार्यालयको सयुक्त्त रुपमा उदघाटन गर्दै कोइराला बिरासतका काँग्रेस महामन्त्रि शसांक कोइराला र केन्द्रिय सदस्यहरु शेखर र सूजाता कोइरालाले भने,— “हामी हिजो पनि बिभाजित थिएनौ, आज पनि छैनौ र भोली पनि हँुदैनौ, काँग्रेस र राष्ट्रकालागि भोलिपनि एक भइरहन्छौ ।”

काँग्रेसलाई बलियो बनाउन एक भएको उदघोष गर्नेहरुमा काँग्रेसका सँस्थापक नेता बिशेश्वरप्रसाद कोइराला (बिपी) तथा पुत्र नेपाली काँग्रेसका महामन्त्रि शंसाक कोइराला पुर्व सभापति तथा पुर्व प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला (जिपी ) पूत्री तथा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य सूजाता कोइराला र नेपाल महिला संघकी सभापति नोना कोइरालाका र केशवप्रसाद कोइराला (केपी) का पुत्र तथा काँग्रेस केन्द्रिय सदस्य डा शेखर कोइराला थिए । उनिहरु तीनै जनाले स्वर्गीय बिशेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको तस्विरमा माल्यार्णपण गरेका थिए भने एकै चोटी व्यानर उघारेर फाउन्डेसनको कार्यालय उदघाटन गरेका थिए ।

एउटै बिरासतका तीन कोइराला नेताहरु मध्ये बिपी पुत्र तथा काँग्रेस महामन्त्रि शसाँक कोइरालाले काका गिरिजाप्रसादलाई यूगपुरुषको संज्ञा दिदै विराटनगर काँग्रेसकालागि उर्जावान स्थान भएको र आफुहरुले पनि काँग्रेस बलियो बनाउन एक भएको बताए । उनले भने ,— गिरिजाबाबु केही सन्देश दिनुपरयो भने विराटनगर किन आउनुहुदोरहेछ भन्ने मैले बल्ल बुझन पाएँ यसैले म निर्धक्क भन्छु हामी कहिल्यै फुटेका छैनौ र फुटदैनौ र काँग्रेसलाई बलियो बनाएर राष्ट निर्माणकालागि सधै एक भएर लागिपरिरहने छौ ।,

शसांकले बुवा बिशेश्वर प्रसादले एक पल्ट प्रभुनारायण चौधरीलाई प्रंधान मन्त्रि बनाउने घोषणा गरे झै आफुहरु पनि काँग्रेसकालागि त्याग दिन तैयार रहेको बताए । उनले सयौ अगुवा कार्यकर्ता र नेताहरु सहभागी कार्यक्रममा मञ्चबाट भने,— ‘हामी मै सभापति हुनुपर्छ भनेर कोही भन्दैनौ आवश्यकता अनुसार त्याग दिन तैयार छौ ।,
केन्द्रिय सदस्य शेखर कोइरालाले कोइरालाहरु तीन तिर फर्केर राजनीति गर्दैछन भन्ने भ्रम पुर्णरुपमा हटाउन कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने , —हामी हिजो पनि एक थियौ भोलि पनि हुन्छौ र आज पनि छौ ।,

नेता शेखरले तीन कोइरालाहरुलाई एउटै मञ्चमा जुटाइदिएकोमा बिपी फाउन्डेसन र एक नम्बर प्रदेशका काँग्रेस कार्याकर्ताहरुलाई धन्यवाद पनि दिए । उनले बिपी र जिपीको सपना पुरा गर्न तीन कोइरालाहरु प्रतिबद्ध रहेको बताए । वर्तमान नेतृत्वको असफलताले गर्दा काँग्रेस बिभिन्न गुटउपगुटमा बिभाजित भैरहेकोले कमजोर भएको हो भन्दै नेता शेखरले काँग्रेसले बर्तमानमा खेल्नुपर्ने भूमिका गहन भएपनि संबादहिनताले गर्दा फलदायी हुन नसकेको गुनासो गरे । उनले प्रस्ट रुपमा भने , — ‘काँग्रेसमा नेताको खडेरी परेको छ आँटिलो नेता छैनन अव हामी तीन कोइरालाहरुले एक भएर सबैलाई समेटेर देखाउने छौ ।,

केन्द्रिय सदस्य तथा जिपी फाउन्डेसनकी केन्द्रिंय अध्यक्ष सूजाता कोइरालाले सम्पुर्ण काँग्रेसीहरुको एकता आजको आवश्यकता भएकोले आफुहरुले बिराटनगरबाट काँग्रेसमा एकताको सुरुआत गरेको बताइन । काँग्रेस केन्द्रिय सदस्य हसन अन्सारीले तीन कोइराला नेतालाई बिराटनगरको कोइराला निवासमा एउटै मञ्चमा सयौ अगुवा कार्यकर्ताहरु बिच देख्दा बषौदेखी बिरानो भएको कोइराला निवासको बिरासत फर्केको महशुस भएको बताए । उनले कोइराला निवास काँग्रेसको तीर्थ स्थल भएकोले त्यसलाई तीन कोइरालाहरु कहिल्यै बिरानो हुन नदिन सधै एक हुनुपर्छ भने ।

केन्द्रिय सदस्य अमृत अर्यालले तीन कोइराला नेताहरुबाट काँग्रेसले धेरै आशा गरेकोले बिभाजित हुने र असफल नेतृत्व प्रदान गर्न छुट नहुने बताए । उनले काँग्रेसमा त्याग गर्नेहरु सबै कोइराला खलककै सन्तान भएकोले तीन कोइरालाहरुलाई आफु मात्र एक हुने होइन सबैलाई मिलाएर लानुपर्ने जिम्मेवारी भएको बताए । उनले भने , हामी सबै बिपी र जिपीका सन्तान हौ यसैले कोइरालाहरुको मात्र हैन हामी सबैको एकता हुनुपर्छ ।,

साँसद सिताराम मेहताले काँग्रेसको बाधक काँग्रेस नै भएकोले गर्दा काँग्रेस कमजोर भएको भन्दै काँग्रेसीहरु सुध्रिए काँग्रेस सुर्धान अरु कोही चाहिदैन भन्दै एकताकालागि शुभकामना दिए । उनले कोइराला बिरासतको गुमेको चहलपहल बढनु भनेको काँग्रेसमा उर्जा बढनु भदै दिगो एकता बनाएर नेतृत्व प्रदान गर्न आग्रह गरे । काँग्रेस केन्द्रिय सदस्य प्रभुनारायाण चौधरीले जनताको चाहना पुरा गर्न तीन कोइरालाहरु एक हुनुको बिकल्प छैन भने ।

एक नम्बर प्रदेश संसदिय दलका नेता राजिब कोइरालाले तीन कोइरालाहरुले स्वर्गीइ गिरिजाप्रासदले जस्तो चटानी अडान लिएर काँग्रेसलाई नेतृत्व दिनसकेमात्र उपलव्धि हासिल हुने बताए । नेबिसंघका पुर्व सभापति रन्जित कर्णले काँग्रेसलाई बलियो बनाउने र मुलुकलाई बिकास र संबृद्धिमा लाने काम कोइरालाहरु बाहेक अरु कसैले गर्न नसक्ने ठोकुवा गरे । विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले कोइरालाहरु एक भएमा देशको नेतृत्व सधै काँग्रेसले गर्न सक्ने दाबी गरे ।

काँग्रेस मोरंगका सभापति डिकबहादुर लिम्बुले कोइरालाहरु मात्र हैन सबै कार्यकर्ताहरु एक ठाउँमा आउन सकेमा काँग्रेसको उर्जा पलाएर आउने र एकता बलियो हुन्छ भने । काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुंगले एउटै मञ्चमा भेला भएर संयुक्त्त रुपमा उदघाटन गर्ने तीन कोइरालाको कार्यलाई महान हो भन्दै अव काँग्रेसमा गुट अन्त भएर एकताको सुत्र अगाडी बढछ भन्नेमा आफुहरु ढुक्क भएको बताए । उनले भने ,– ‘जव सम्म कोइरालाहरु एक हुदैनन तव सम्म नत काँग्रेस बलियो हुन्छ नत बिरासत नै जोगिन्छ यसैले उहाँहरु तीनै जनाको एकता अनिर्वाय भएको हो ।,

फाउण्डेसनको उदघाटन कार्यक्रममा प्रकट हुने एकै बिरासतका तीन कोइराला नेताहरुलाई हेर्न र उनिहरुको भाषण सुन्न एक नम्बर प्रदेशका काँग्रेस साँसदहरु , जिल्ला सभापतहिरु अगुवा कार्यकर्ताहरु काँग्रेसबाट निर्वाचित गाउँ र नगरपालिका प्रमुख उपप्रमुख र जनप्रतिनिधिहरुदेखी , कर्मचारी , कानुन व्यवसायी लगायत पेशाकर्मीहरुको पनि बाक्लो उपस्थिती थियो । उदघाटन कार्यक्रममा बिभिन्न एकता भल्कििने गीत नृत्य पनि प्रर्दशन गरिएको थियो । सोही अवसरमा स्वर्गीय गिरिजाप्रसा कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीको पनि उदघाटन तीन कोइराला नेताहरुले गरेका थिए ।

पहिले बिभिन्न कारणले आरोप प्रत्यारोपले बिभाजित भएका तीन कोइराला नेताहरु बिरासत ढल्दै गएपनि एक हुन सकेका थिएनन । उनिहरु तँ भन्दा म ठूलो भन्दै आआफनो तरिकाले राजनीतिमा आफनो अवसर खोजिगरिरहेका थिए । तर स्वर्गीय गिरिजाप्रसादको मृत्यूपछि पार्टीमा शेरबहादुर देउवा गुट बलियो भएसँगै कोइराला पक्षधरहरुको शक्त्ति क्षीण हुदै गएपछि बिस्तारै उनिहरु काँग्रेस जोगाउनकालागि भन्दै बिरासतकालागि एक हुन थालेका छन ।

यसकालागि उनिहरुले काठमाण्डौमा बिभिन्न कार्यक्रमहरुमा संयुक्त्त फोटो सार्वजनिक गरेर एकताको लाक्षणिक सन्देश दिदै आएका छन । तर २ मंसिरमा भने उनिहरुले औपरिक रुपमै संयुक्त्त रुपमा जिपी फाउण्डेसनको कार्यालय उदघाटन गरेर एक भएको घोषणा गरे । यसकालागि स्वर्गीय गिरिजा पूत्री सूजाता कोइरालालले कोइराला नेताहरुको दिगो एकताको व्यापक पहल गरिरहेकी छन ।

नेतृ सूजाताको पहलमा तीन कोइरालाह एकताको उदघोष गर्न तैयारी भएपनि पार्टीमा अव कस्लाई सिनियर मान्ने भन्ने बिबाद भने कायमै छ । आगामी महाधिबेशनमा हाल केन्द्रिय सदस्य मात्र रहेका शेखर कोइरालालले आफुलाई संभाबित सभापतिका उम्मेदवार बताइरहेका छन । उता हाल महामन्त्रि रहेका शंसाक कोइराललले शेखर भन्दा आफु नै सिनियर भएको दाबी गरेर आफुलाई नै सभापति घोषणा गरेमा वा शेखरलाई सर्पोट नगरेमा बिबाद उनिहरुको एकता ‘टाइँटाई फुस्स’ झै हुनेछ । काँग्रेस बुद्धिजिबिहरुका अनुसार साँच्चै एकता बनाउने हो भने शेखर र शंसांक बिच रहेको आन्तरिक द्धन्द्ध पहिले हल हुन आवश्यक छ ।

शसांक कोइराला स्वर्गीय कृष्ण प्रसाद कोइरालाका जेठा छोरा बिपीका पूत्र हुन । शेखर कोइराला कृष्ण प्रसादका माइला छोरा केशवप्रसादका पूत्र हुन । सूजाता चाँही कृष्णप्रसादका कान्छा छोरा गिरिजाप्रसादकी पूत्री हुन । उनिहरु सबै जना नेपालमा प्रजातन्त्र स्थापना भएपछि (२०४७) काँग्रेसको राजनीतिमा सत्रृmय हुन थालेका हुन ।
सूजताले नै आफना बुवा स्वर्गीय गिरिजाप्रसादको स्मृतिमा जिपी फाउण्डेसन स्थापना गरेकी हुन ।

उनले फाउण्डेसनलाई समाज सेवाकालागि भन्दै देशैभरि स्थानिय तहसम्म बिस्तार गर्ने योजना बनाएकी छन । जिपि फाउण्डेसनले हालसम्म १,३ र ४ नम्बर प्रदेशसमा प्रदेश समिति गठन गरिसकेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]