Sorry, your browser does not support JavaScript! ईटहरीमा कृषि बिज्ञान क्याम्पस स्थापना - Merodesh.news

ईटहरीमा कृषि बिज्ञान क्याम्पस स्थापना

ईटहरी (सुनसरी) । सुनसरीको ईटहरी उपमहानगरपालिकामा कृषि बिज्ञान क्याम्पस संचालनमा आउने भएको छ । जीविका कृषि सहकारी संस्था इटहरीको व्यवस्थापनमा ईटहरी उपमहानगरपालिका १७ स्थित पकलीमा कृषि विज्ञान क्याम्पस संचालनमा आउने भएको हो ।

कृषी तथा बन बिज्ञान बिश्वबिद्यालय चितवनबाट कृषि विषयमा स्नातक र स्नात्तोकोत्तर तह सम्मको अध्यायन गराउने अनुमति पाएको र यसै शैक्षिक सत्रदेखी क्याम्पस सचालनमा आउने सहकारीका सदस्य शिवकुमार डाँगीले जानकारी गराए । उनका अनुसार क्याम्पसमा हरेक बर्ष ५० जना सम्म बिद्यार्थी भर्ना लिइने छ । प्रदेश १ कै नमुना क्याम्पसका रुपमा स्थापित गराउने लक्ष्य रहेकाले क्याम्पसकालागि आधुनिक कृषि फारम सञ्चालन, कृषि अनुसन्धान केन्द्रको स्थापना र कृषि संग्राहलयकालागि जीविका कृषि सहकारी संस्थाले रामधुनी नगरपालिकाको ६ नम्बर वडामा ८ बिगाहा जमिन खरिद गरिसकेको छ । तत्काल ८ बिगाहा जग्गा लिजमा लिएर यसै शैक्षिक सत्रदेखी बिएससी एजी तहको कक्षा संचालन गर्ने क्याम्पसको तैयारी छ ।

तीन बर्ष भित्रमा जीविका कृषि विज्ञान कलेजलाई आफ्नै जग्गामा स्थानान्तरण गर्ने योजना रहेको सहकारीका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई अन्तराष्ट्रिय स्तरको बनाउन मुलुकका कृषि क्याम्पसहरुसँग समेत सहकार्य गरेर अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अध्यक्ष अधिकारीले भने — ‘भौतिक, प्राविधिक र शैक्षिक पाटोलाई बिषेश ध्यान दिएर मलेशिया, दक्षिण कोरीया लगायत मुलुकमा रहेका कृषि क्याम्पसहरुसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा प्रदान गर्ने हाम्रो तैयारी छ ।,

सहकारी मार्फत संचालन हुने भएकोले नीजि क्याम्पसहरुको तुलनामा पढाई खर्च सस्तो र गुणस्तरिय हुने दाबी सहकारीको छ । ४९ जना शेयर सदस्यहरु रहेको र साझेदारीमा स्थापना भएको जिबिकासहकारीले ६ करोड रुपैया लगानी पनि गरिसकेको छ । हाल एक नम्बर प्रदेशमा पुर्वाञ्चल बिश्वबिद्यालयको मोरंगको गोठगाउँमा र कृषी तथा बन बिज्ञान बिश्वबिद्यालयको धनकुटाको पाख्रिबासमा र झापाको गौरादहमा मात्र उच्च तहको कृषी क्याम्पस संचालनमा छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]