Sorry, your browser does not support JavaScript! शैक्षिक सुधारको मागगर्दै धर्ना - Merodesh.news

शैक्षिक सुधारको मागगर्दै धर्ना

विराटनगर। नेपाल शिक्षक महासंघ आबद्ध शिक्षकहरुले पेशागत हकहित र शैक्षिक सुधारको मागगर्दै विराटनगरमा धर्ना दिएका छन ।

महासंघको मोरङ कार्यसमितिको अगुवाई उनिहरुले शिक्षा विकास तथा समन्वय इकाई विराटनगरमा धर्ना दिएका हुन । उनिहरुले आज बिहान १० बजेदेखि दिउसो २ बजेसम्म धर्ना दिएका थिए । धर्नामा मोरङको १७ वटै स्थानिय तहका अस्थाई,स्थाई र राहत शिक्षक सहित बालविकासका सहयोगि कार्यकर्ता र विद्यालय कर्मचारीरु सहभागि भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिनुभयो ।

महासंघबाट घोषित तेश्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार देशभरिका समन्वय इकाईहरुमा धर्ना तथा विरोधका कार्यक्रमहरु गरिएको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले जानकारी दिनुभयो । उहांले महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुंदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । महासंघले गुणस्तरिय शिक्षाकालागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रकालागि कुल बजेटको २० प्रतिसत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिसत बिनियोज गर्नुपर्ने माग गरेका छन ।

यस्तै शिक्षकका संस्था र सरकारबीच बिगतमा भएका सहमति र सम्झौताहरु लागु गर्नुपर्ने लगायतका माग गरिएको छ । महासंघको तेश्रो चरणको आन्दोलन अन्र्तगत बिरोध सभा,जुलुस र प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]