Sorry, your browser does not support JavaScript! पुष मसान्त भित्र कर्मचारी समायोजन सक्ने : लालबाबु पण्डित - Merodesh.news

पुष मसान्त भित्र कर्मचारी समायोजन सक्ने : लालबाबु पण्डित

विराटनगर।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुष मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताएका छन् ।

 कर्मचारी समायोजन

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै उनले आउदो पुष मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको बताए । उनले अहिले अस्थाई ब्यवस्थापन अन्र्तगत प्रदेश र स्थानिय तहहरुमा कर्मचारीहरु खटाइएको बताउँदै अव उपरान्त स्थाईरुपमा कर्मचारीहरुलाई कार्यस्थलमा खटाइने बताए । लक्ष्यभित्रै समायोजन सक्ने उद्धेश्यसहित काम गरिरहेको सरकारले ऐन बनेपछि प्रदेश र स्थानिय तहमा आवश्यक कर्मचारी पठाइने उनले बताए ।

मन्त्री पण्डितले प्रदेश र स्थानिय तहलाई आवश्यक थप कर्मचारीकालागि लोकसेवा आयोगले छिट्टै भर्ना प्रकृया शुरु गर्न लागेको समेत बताए । उनले प्रदेश लोक सेवा आयोग नबनुञ्जेल केन्द्रमा रहेको लोकसेवा आयोगबाटै आवश्यक कर्मचारी भर्ना गरिने प्रष्ट पारे । सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिंदै मन्त्री पण्डितले नेकपाका अध्यक्ष प्रचण्डले भने झैं छैठ पछि सरकारको काम कारवाहीले गति लिने बताए ।

 कर्मचारी समायोजन

उनले वर्तमान सरकार बलियो रहेको बताउँदै अबका दिनमा बिकास, सुशासन तथा सेवा प्रवाहको ब्यवस्थापन गर्ने कामले गति लिन बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]