Sorry, your browser does not support JavaScript! अबको आन्दोलन विकास र उत्पादनका लागि :नेता शर्मा - Merodesh.news

अबको आन्दोलन विकास र उत्पादनका लागि :नेता शर्मा

रुकुम ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले राजनीतिक आन्दोलन पूरा भएको बताए ।

“नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो”, उनले भने, “अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।” विकास र उत्पादनसँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

त्यस्तै उनले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उनको भनाइ छ । “युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन”, उनले भने।

राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जीउज्यान दिएर सहयोग गरेको र अब विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसैगरी लाग्नुपर्ने बताए । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गरे । उनले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गरे।

प्रतिनिधिसभाका सांसद समेत रहेका नेता शर्माले पर्यटनलाई पनि उत्पादनसँग जोडेर हेर्नुपर्नेबताए । प्रकृतिले निःशुल्क रुपमा दिएका पर्यटकीयस्थलको सुन्दरतालाई बेचेर त्यसलाई उत्पादनसँग जोड्नुपर्ने उनको सुझाव छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]