Sorry, your browser does not support JavaScript! कृषि विकासकालागि छुट्याएको बजेटमा बिदेश सरररर - Merodesh.news

कृषि विकासकालागि छुट्याएको बजेटमा बिदेश सरररर

विराटनगर। जनप्रतिनिधिहरु सुविधा भोगी बन्दै गएको गुनासो बढीरहेको अवस्थामा सुनबर्सी नगरपालिकाको जम्बोटोली बजेटको दुरुपयोग गर्दै बिदेश भ्रमणमा पुगेको छ ।

सुनबर्सी नगरपालिकाका मेयर कालिप्रसाद दास, उपमेयर मञ्जु राई सहित ८ जना वडा अध्यक्ष र कर्मचारीको जम्बो टोली कृषि अध्ययन अवलोकन भ्रमणको नाममा भारतको सिक्कीम पुगेको हो ।

गत बुधवार कृषि अध्ययन अवलोकन भ्रमणकालागि सुनसरी, मोरङ, झापा र इलाम जाने सेडुल बनाएको जम्बो भ्रमण टोली घुम्दै घुम्दै सिक्कीमको ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्बजनिक गरेपछि कृषि अवोलकन भ्रमणको नाममा बिदेश पुगेको रहस्य खुलेको हो ।

भ्रमण टोलीमा मेयर कालिप्रसाद र उनकी श्रीमती, उपमेयर मञ्जु राई, प्रशासकिय अधिकृत राजकुमार केसी, ८ वडाका वडा अध्यक्ष कर्मचारी, नगरपालिकाका फाट प्रमुखहरु र केही कृषक गरी २२–२३ जना को टोली भारत पुगेको बताइएको छ । कृषिकालागि बिनियोजन भएको ७ लाख बजेटबाट अध्ययन अवलोकन भन्दै भारत पुगेको स्रोतले जानकारी दिएको छ ।

सुनबर्सी नगरपालिकाका कार्यबहाक अध्यक्ष प्रताप तामाङ पाच लाख बजेट विनियोजन भएको आफूले जानकारी पाएको बताउछन् । अवलोकन भ्रमणमा नगएपछि उनलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको छ । नगरपालिकाका सबै साखाका प्रमुखहरु भ्रमण गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको छ ।

भ्रमण टोली सिक्कीम गएको भन्ने जानकारी नभएको तामाङ बताउछन् । ‘उहा“हरु झापा मोरङ सुनसरी र इलाम अध्ययन अवलोकनकालागि भनेर जानु भएको हो ।’ उनले भने ‘नगरपालिकाबाट पाच दिनकालागि भनेर जानु भएको छ ।’ निमित अधिकृतको जिम्मेवारी पाएका पराजुली भारत गएको भन्ने बिषयमा आफूलाई पनि जानकारी नभएको बताउछन् ।

यता सुनबर्सी नगरपालिकाका मेयर कालीप्रसाद दासले भारत भ्रमणमा नगएको बताएका छन् । पशुपतिनगर सम्म पुगेको बताउदै उनले सिक्किम नगएको बताए । उनले नगएको बताएपछि उनीस“गै गएका कर्मचारीले सिक्कीम पुगेर फोटो फेसबुकमा हालेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]