Sorry, your browser does not support JavaScript! झुठो बिबरणमा नेपाली नागरिकता लिने दिने प्रकरण सिफारिस गर्ने वडा अध्यक्ष सहित १६ जना बिरुद्ध मुद्दा दर्ता - Merodesh.news

झुठो बिबरणमा नेपाली नागरिकता लिने दिने प्रकरण सिफारिस गर्ने वडा अध्यक्ष सहित १६ जना बिरुद्ध मुद्दा दर्ता

विराटनगर। झुठो बिवरणमा नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष ,सदस्य र वडा सचिव सहित नागरिकता दिलाउने अनि लिने १६ जना बिरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

झुठो बिबरणमा सिफारिस गर्ने बिराटनगर महानगरपालिका १नम्बर वडा अध्यक्ष उद्धव अर्याल वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिना सहित आफना छोराहरु हुन भनेर झुठा बिबरण पेश गर्ने मोरंग कटहरी गाप १ का ५५ बर्षिय सत्यनारायणपोद्दार सहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो बिबरणमा सर्जमिन गर्ने पाँच जना नेपाली नागरिकलाई जिल्ला अदालत मोरंगमा आइतबार मुद्दा दर्ता भएको हो।

उनिहरु सबैलाई अलग अलग ६ वटा अभियोग तैयार गरि झुठा बिबरण पेश गरि नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको जिल्ला न्यायधिबक्त्ता पुण्यप्रसाद पाठकले जानकारी दिए। बावु बनेर नागरिकता दिलाउने मुख्य अभियुक्त विराटनगर १ घर भइ कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षिय सत्य नारयण पोद्दारले भारतको बिहार जदिया भन्ने स्थानमा बस्ने २२ वर्षिय संजिब पोद्दार, २० वर्षिय धिरज पौद्दार, जितेन्द्र पोद्दार, २५ वर्षिय राजेन्द्र पोद्दार, २५ वर्षिय रोशन कुमार पोद्दार, १८ वर्षिय मिथीलेस पोद्दार, संजिब पोद्दार, १९ वर्षिय पवन पोद्दारलाई आफनो छोरा बताएर बंशजको आधारमा नागरिकता सिफारिस गराएका थिए। पाँच जनाको उनलेनागरिकता बनाइसकेका थिए भने दुई जनाको नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा पोल खुलेको थियो।

झुठो बिबरणमा सर्जिवन गर्नेहरूमा विराटनगर १ की ४७ वर्षिय सिमा देवी राम, सोही वडाका ५३ वर्षिय मनोज हर्रिजन, ६४ वर्षिय छोटेलाल मुखिया, सुनसरीको कोशीगाउँपालिका १ बस्ने ४५ वर्षिय सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने ४३ वर्षिय बैजनाथ शर्मा छन। प्रहरीले अहिलेसम्म नागरिकता बनाइदिने मुख्य अभियुक्त सत्यनारयणमात्र पक्राउ गरेको छ । अन्य फरार छन् ।

अभियोग पत्रमा झुठो नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष , सदस्य र वडा सचिव सहित सर्जमिनमा साक्षी बस्नेहरुलाई पक्राउ पुर्जी जारी गरिदिन अदालत समक्ष माग गरिएको छ । यसैगरि पैसा लिएर सिफारिस गर्ने वडा सदस्य र वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धानबाट पनि कार्वाही माग गरिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि दुई जनाको नागरिकता सिफारिस गराउन सफल भएका ।
प्रहरीले पोद्दारलाई पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वाड अध्यक्ष अर्याल, वडा सदस्य साह र सुन्दर हरैचा घर भइ हाल विराटनगर महानगरपालिका १ नम्बर वडा तिम्सिना फरार छन् ।

उक्त्त कसुर मुद्दामा आज सोमवारदेखी बयान सुरु हुने जिल्ला अदालत मोरंगले जनाएको छ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]