Sorry, your browser does not support JavaScript! पार्टीको एकता गँगटाको जस्तो हैन माहुरीको जस्तो हुनुपर्छ : लालबाबु पण्डित - Merodesh.news

पार्टीको एकता गँगटाको जस्तो हैन माहुरीको जस्तो हुनुपर्छ : लालबाबु पण्डित

बिराटनगर। सामान्य प्रशासन तथा संघिय मामिला मन्त्रि लालबाबु पण्डितले तात्कालिन एमाले र माओबादी केन्द्रको तल्लो तहसम्मको एकता गंगटाको जस्तो नभै माहुरीको जस्तो हुनुपर्छ भनेका छन ।

फोटो , शुभकामना आदानप्रदान कार्यक्रममा देउसी खेलेर नाच्दै पत्रकारहरु ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरंगले आइतबार आयोजना गरेको दशैतिहार र छठ पर्वकालागि शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले पार्टीको एकता माथिल्लो तहमा मात्र हुदा बलियो हुन नसक्ने भएकोले तल्लो तहसम्म माहुरीको जस्तो एकता भएमात्र बलियो हुन्छ भनेका हुन ।

उनले गगटाको जस्तो एकताले पार्टी बलियो नहुने र त्यसलाई लक्ष्य हासिल गर्न सकिदैन भने । माहुरीको जस्तो गोला बनाएर बस्न सक्ने गरि एकता भएमा पार्टी दिगो र बलियो हुने बताए । उनले भने ,‘ चरित्र त गंगटोको पनि हुन्छ तर त्यो मिलेर बस्न सक्दैन र कसैलाई मिल्न पनि दिदैन यसैले एकता माहुरीको जस्तो हुनैपर्छ ।,
मन्त्रि लालबाबुले संख्या धेरै भएर मात्रै पार्टी दिगो र बलियो नहुने बरु थोरै भएपनि आर्दशयुक्त्त भएमा बलियो र प्रभावशाली हुन्छ भने । उनले चाडपर्वको शुभकामना आदानप्रदानलाई एकतामा परिणत गर्दै लानुपर्नेमा जोड दिए ।

एक नम्बर प्रदेशका कार्यावाहक मुख्य मन्त्रि हिक्मत कार्कीले दुई पार्टीको एकता अझै बाँकी रहेकोले शुभकामना आदानप्रदानसँगै एकता प्रकृयालाई पनि जोड दिदै जानुपर्छ भने । सोही कार्यक्रममा एक नम्बर प्रदेशका समाजिक बिकास मन्त्रि जीवन घिमिरे नेकपा केन्द्रिय सदस्य बिनोद ढकाल , जिसस मोरगका प्रमुख नरेश पोखरेल प्रेस चौतारी केन्द्रिय उपाध्यक्ष लीलाराज भट्टराई , पत्रकार महासंघ एक नम्बर प्रदेशका अध्यक्ष बिक्रम लुँईटेल लगायतले शुभकामना दिएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]