Sorry, your browser does not support JavaScript! किर्ते नागरिकता अभियोगबाट वडा अध्यक्षलाई जोगाउन प्रयत्न - Merodesh.news

किर्ते नागरिकता अभियोगबाट वडा अध्यक्षलाई जोगाउन प्रयत्न

बिराटनगर १७ कार्तिक । झुटो विवरणमा नगरिकता सिफारिस गरेर नागरिकता दिलाउन सहयोग गर्ने बिराटनगर महानगरपालिका १ नम्बर वडाका वडा अध्यक्षलाई जोगाउन प्रयत्न भइरहेको छ ।

विराटनगर– १ घर भै हाल कटहरी गाउँपालिका १ बस्दै आएका ५५ वर्षिय सत्यनारयण पोद्दारले आफ्नो छोरा भन्दै दुई भारतीयलाई नागरिकता दिलाउन पेश गरेको झुठो बिबरणमा सिफारिस गर्ने वडा अध्यक्ष उद्धव अर्याललाई अभियोगबाट जागाउने प्रयत्न भैरहेको हो । स्रोतका अनुसार झुठो बिबरणमा सिफारिस गर्ने वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिनालाई किर्ते नागरिकता आरोपमा अभियोग लगाए पनि एक नम्बर वडा अध्यक्ष अर्याललाई भने प्रहरी प्रशासनलाई आग्रह गरेर नियोजित रुपमा फसाइएको भन्दै अभियोग लाग्नबाट जोगाउने प्रयत्न भैरहेको हो । वडा सचिव र वडा सदस्यलाई अभियोग लगाएपनि बयानबाट सरकारी साक्षी बनाएर तारेखमा छुटाउने योजना भैरहेको छ ।

यसैले मोरंग प्रहरीले हालसम्म झुठो बिबरण पेश गरेर नागरिकता सिफारिस गराएको आरोपमा सत्यनारायण पोद्दारलाई मात्र पक्राउ गरेको छ । प्रहरीका अनुसार आफनो छोरा भन्दै पोद्दारले बिभिन्न मितिमा सात जना जतिलाई आफनो छोरा बनाएर झुठा बिबरण पेश गरि सिफारिस गराएर किर्ते नागरिकता बनाइदिएका थिए । पछिल्लो पटक महानगरको १नम्बर वडा कार्यालयबाट दुई जनालाई आफनो छोरा भन्दै नक्कली कागजात बनाएर झुठो बिवरण पेश गरि सिफारिस गराएर नागरिकता लिने क्रममा उनको पोल खुलेको थियो ।

वडा कार्यालयको सिफारिस लिएर कथित छोराहरुको नागरिकता बनाउन जिल्ला प्रशासन मोरंगमा पुगेपछि सर्जमिन मुचल्कामा नागरिकता शाखाका कर्मचारीहरुले शंका गरेपछि उनले झुठो बिबरण पेश गरेको प्रस्ट भएको थियो । त्यसपछि मोरंग प्रशासनले झुठो बिबरण पेश गरेर नागरिकता बनाउन खोज्ने पोद्दारलाई पक्राउ गरेर अनुसन्धान गर्न पत्राचार गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका पोद्दार उनका कथित छोराहरु वडा सचिव र वडा सदस्यलाई सरकारी कागजात मात्र किर्ते गरेको अभियोग लगाउने तैयारी भैरहेको छ ।

झुठो बिबरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याललाई चाँही उजुरी गरेर मुख्य अभियुक्त्त पक्राउ गर्न सहयोग गरेको भन्दै उनलाई अभियोग लाग्नबाट जोगाउने तैयारी भैरहेको छ । स्रोत अनुसार किर्ते कागजातमा अभियोग लगाएपनि वडा सचिव र वडा सदस्यलाई सरकारी गवाह बनाएर एकै सादा तारेखमा छुटाउने गरि अभियोग पत्र अदालतमा दर्ता गर्ने चलखेल भैसकेको छ ।

स्रोतले भन्यो , — ‘लहरो समातेर पहरो फोर्नु पर्नेमा पहुँचवालाहरुलाई मिलेमतोमा जोगाउने तैयारी भएको छ ।,

मोरंगका सिडिओ रमेशकुमार केसीले झुठो बिबरण पेश गरेर सिफारिस गराएर नागरिकता लिने प्रयास गरेको पाइएपछि आफुहरुले प्रहरीलाई अनुसन्धान गर्न परिपत्र गरेको र अनुसन्धान गर्ने काम प्रहरीको भएको बताए । उनले भने , ‘बयानका आधारमा वडा अध्यक्षल निर्दोष देखिएकोले होला उनलाई अभियोग नलाग्न पनि सक्छ ।,
मोरंगका एसपी मनोजकुमार केसीले सरकारी बकिलसँग राय लिएर अभियोग दर्ता गर्ने तैयारी भैरहेको तर कोकोलाई कुन कुन अभियोग लाग्छ त्यो भने सरकारी बकिलले गर्ने भएकोले यकिन भन्न सकिदैन भने । उनले भने ,‘ झुठो बिबरण पेश गर्ने र किर्ते कागजात बनाउने र बनाइदिने अनि सिफारिस गर्ने सबैलाई अभियोग लाग्छ कसैलाई छाडदैनौ ।,

झुठा बिबरणमा नागरिकता सिफारिस गरेको पोल खुलेपछि एक नम्बर वडा अध्यक्ष उद्धव अर्याल आफन्तको उपचार गराउन बम्बई जाने बहानामा दशैदेखी नै सम्पर्क बिहिन भएका छन । यता सर्जमिन गर्ने वडा सदस्य रमेश शाह पनि गायब छन । दशै अगावै उपचारको बहानामा बिदा लिएर गएकी वडा सचिव बिहिबार कार्यालयमा हाजिर भएपनि पोल खुलेको थाहा पाएपछि एकाएक गायब बनेकी छन ।

झुटा बिवरण पेश गरि बाबु बनेका सत्यनारायण पोद्दारले आफ्नो छोरा भन्दै यस अघि विभिन्न मितिमा सेजित पोद्दार , पवन पोद्दार ,मिथिलेस पोद्दार , जितेन्द्र पोद्दार , रोशन पोद्दार , धिरेन्द्र र राजेन्द्र पोद्दारलाई नागरिकता दिलाइसकेको आरोप छ ।

नागरिकता ऐन अनुसार झुठा बिबरण पेश गरि नागरिकता लिने र सिफारिस गर्नेहरुलाई ६ महिनादेखी ३ बर्षसम्म कैद र २० हजारदेखी ५० हजार रुपैया जरीवना वा दुवै सजाय हुने सक्ने कानूनी प्रावधान छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]