Sorry, your browser does not support JavaScript! आर्थिक तरलताको संकट छैन ःअर्थमन्त्री खतिवडा - Merodesh.news

आर्थिक तरलताको संकट छैन ःअर्थमन्त्री खतिवडा

विराटनगर। संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बजारमा आर्थिक तरलताको संकट नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले तरलताको सामान्य समस्या देखिएपनि संकटको अवस्था नभएको दाबी गर्नुभयो ।

उहांले दशैं लगायतको चाडपर्वका कारण सर्वसाधारणले खुद्राखुद्री साटेको र घरमा रकम संचित गरेकाले आर्थिक तरलतामा सामान्य समस्या देखिएको स्पष्ट गर्नुभयो । अर्थमन्त्री खतिवडाले ७ प्रतिशत मात्र विकास खर्च भएकाले समेत बजारमा आर्थिक तरलता भएको भनाईमा पनि सत्यता नरहेको बताउनुभयो । उहांले प्रदेश र स्थानिय तहमा गएको बजेट बाणिज्य बैंकहरुमा डिपोजिट गर्ने ब्यवस्था गरिएकाले खर्च नभएपनि तरलतालाई संकुचित नगर्नेगरि ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले संघीय वित्तिय संहिता लागु भएको पहिलो बर्षको चौथो महिना मात्र भएकाले समयअनुसार आर्थिक क्षेत्र सहज हुंदै जाने बताउनुभयो । उहांले दोहोरो करको बिषयमा धेरै स्पष्टतता आइसकेको बताउनुहुंदै प्रदेश र स्थानिय तहले आ–आफ्नो अधिकार प्रयोग गर्ने बिषयमा समेत बुझाई स्पष्ट हुंदै जाने विचार ब्यक्त गर्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]