Sorry, your browser does not support JavaScript! नेकपा सांसद कै उद्योगमा श्रम शोषण - Merodesh.news

नेकपा सांसद कै उद्योगमा श्रम शोषण

विराटनगर । ऐन निर्माण गरी कार्यन्यन गर्न निर्देशन दिने तहमा बसेका सांसदले सञ्चालन गरेको उद्योगमा मजदुरले श्रम शोषण हुने अनुगमनका क्रममा पाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उद्योगी मोती दुगडले सञ्चालन गरेको उद्योगमा अनुगमनका क्रममा मजदुरलाई न्यूनतम पारिश्रमिक सहित अन्य सुविधा नदिएको पाइएको हो ।

मोती दुगडले सञ्चालन गरेको ‘दुगड स्पाइसेस एण्ड फुड प्रालिको ‘सेञ्चुरी’ ब्राण्ड नेपालमा चर्चित छ । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक ज्यालादारी कामदारलाई प्रतिघण्टा ७० रुपैया दिनुपर्ने व्यवस्था गरेको छ । तर उद्योगले भने ५५ रुपैया प्रतिघण्टाका दरले काम लगाउने गरेको छ । ओभर टाइम काम गर्दा पनि श्रम सोषण गरेको पाइएको हो ।

उद्योगले कार्यरत कर्मचारीहरु मध्ये ६६ जनालाई न्यूनतम पारिश्रमिक दिएपनि करिब २०० कामदारलाई न्यून पारिश्रमिक दिएको छैन् । उद्योगमा ६६ जना स्थायी कर्मचारी छन् । स्थायी कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिएपनि ठेकेदार मार्फत आपूर्ती गरिएका २०० कर्मचारीलाई प्रतिघण्टा ५५ रुपैया दिने गरेको हो ।

उद्योगले ठेकेदार मार्फत नै आएका ज्यालादारी कर्मचारीलाई ८ घण्टाको पूरुषलाई ४४५ र महिलालाई ४२५ मात्र भुक्तानी गर्ने गरेको छ । स्थायी कर्मचारीलाई नियुक्ती पत्र सहित अन्य सुविधा दिएपनि ठेकेदार राजु मण्डल मार्फत आएका मजदुरहरुलाई न्यूनतम पारिश्रमिक नदिएको हो ।

यता उद्योग सञ्चालक समेत रहेका सांसद मोती दुगडले न्यूनतम पारिश्रमिक लागु गरेको दाबि गरेका छन् । न्यूनत पारिश्रमिक गत साउन देखि लागु भएको बताउदै उनले बिस्तारै लागु गर्न सुरु गरेको बताए । ‘हामी न्यूनतम पारिश्रमिक दिन्छौ ।’ उनले भने ‘भर्खर ऐन आएकाले कार्यन्यनको चरणमा छौ ।’ उनले सबै कामदारलाई ऐनले तोके अनुसारकै भुक्तानी गर्दै लैजाने बताए ।

अनुगमनका क्रममा कुनै उद्योगले श्रम ऐन कार्यन्यन गरेको नदेखिएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । पहिलो पटक अनुगमन गरिएको बताउदै उनले ऐन कार्यन्यन गर्न सबै उद्योगहरुलाई समय सिमा दिइएको बताए । फेरी अनुगमन गर्ने बताउदै उनले ऐन कार्यन्यन गरेको नभेटिए ऐन अनुसार कारवाही प्रकृयामा जाने बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]