Sorry, your browser does not support JavaScript! कृषिको रुपान्तरणमा कृषि ब्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्रको भूमिका - Merodesh.news

कृषिको रुपान्तरणमा कृषि ब्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्रको भूमिका

कृषिनेपालमा राजनितिक परिवर्तनसंगै प्रशासनिक पुर्नरसंरचना तिब्र रुपले भैरहेकोछ । त्यसकैको सिलसिलामा बिगतको क्षेत्रिय कृषि तालिम केन्द्रको नाम र केहि कामहरु फेरिएर यो “कृषि ब्यवसाय प्रर्वधन सहयोग तथा तालिम केन्द्र” हुन पुगेको छ ।

बिगतमा क्षेत्रिय स्तरका कृषि प्राविधिक तालिमहरु संचालनमा संलग्न यो कार्यालयको कामको दायरा फराकिलो भएकोछ तर जनशक्तीका हिसावले पहिलाभन्दा कमजोर भएकोछ । केन्द्रिकृत पहिलाको शासन ब्यवस्थाबाट नयाँ ब्यवस्था अनुसार प्रादेशिक तहमा धेरै बिकासका जिम्मेवारीहरु हस्तान्तरणसंगै प्रादेशिक तहमा यो कार्यालय स्थापना भएको हो। 
फोटो : कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्का, सुनसरी

बर्तमान अवस्थामा यसका जिम्मेवारीहरु निम्नानुसार तोकिएकाछन ।

  •  प्रदेशस्तरका कृषि उधमी तथा ब्यवसायीहरुको रोष्टर तयार तथा अद्यावधिक गर्ने ।
  • कृषि उधमी तथा ब्यवसायीहरुलाई ब्यवसाय संचालनका लागि आवश्यक पूर्वाधार तथा सुविधाको पहिचान गरि आवश्यक कार्यक्रम संचालन गर्ने ।
  • कृषि उधमी तथा ब्यवसायीहरुलाई ब्यवसाय संचालनका लागि आवश्यक ब्यवसायीक योजना तयारीमा सहयोग गर्ने ।
  • कृषि उधमी तथा ब्यवसायीहरुलाई ब्यवसाय संचालनका लागि आवश्यक सेवा सुविधा प्राप्तीको लागि सम्बन्धित निकायहरुसंग संम्बन्ध स्थापित गराईदिने ।
  • बिभिन्न कृषि उधम तथा ब्यवसाय संचालनका लागि आधारभूत जानकारीहरु प्रदान गर्ने ।
  • कृषि उधम तथा ब्यवसाय प्रवद्र्धनसंग सम्वन्धित निकायहरु विच समन्वय कायम गर्ने ।
  • विदेशबाट फर्केका कृषि ब्यवसाय तथा उध मगर्न चाहने युवा कृषकहरुलाई उधम तथा ब्यवसाय संचालनमा आवश्यक सहजीकरण गर्ने ।
  • तोकिएको शुल्क लिई अन्य निकायबाट माग भई आए बमोजिम कृषि उधम तथा ब्यवसाय संचालन एवं प्रवद्र्धन सम्वन्धी तालिमहरु संचालनको ब्यवस्था गर्ने र कृषि उधमी तथा ब्यवसायीहरुलाई ब्यवसाय संचालनका लागि आवश्यक ज्ञान तथा सिप प्रदान गर्न तालिमको आवश्यकता पहिचान गरी सो अनूरुप तालिम कार्यक्रम संचालन गर्ने ।

कृषि ब्यवसाय प्रवर्धन, अध्यन अनुसंधान तथा कृषि उत्पादक, उधोग र बजारसंगको समन्वय जस्ता कामहरु यो कार्यालयले गनुपर्ने हुनसक्छ । जिम्मेवारीमा लेखिएका कामहरु साच्चै गर्ने हो भने गहन छन र तिनिहरुले उपलब्धी पनि दिन सक्छन । तर यो आ.ब. का लागि स्विकृत कार्यक्रमहरु ति उदेश्य अनुरुप छैनन । ती त परम्परागत रुपमा क्षेत्रिय कृषि तालिम केन्द्रले गरि आएका कामहरुकै निरन्तरता मात्र छन । बदलिदो परिस्थितीमा यो कार्यालयलाई तोकिएका कामहरु र तिनिहरुसंग जोडिएका उदेश्यहरु कसरी प्राप्त गर्ने भन्ने कुरामा गहिरिएर सोच्नुपर्ने भएकोछ ।

बिकल्पको बाटो

हाम्रा निश्चित उदेश्यहरु रहेकाछन । ति उदेश्यहरुको प्राप्तीको लागि हामीले संभव विकल्पहरु अपनाउनुपर्ने हुन्छ । अहिले हामीलाई दिएका माथिका उदेश्यहरु हालको कार्यालयमा कायम भएको संगठानिक संरचनाबाट प्राप्त हुन कठिन छ । त्यस्को विकल्प भनेको अन्य निकायहरुसंगको सहकार्यनै हो । नेपाल सरकारले लिएको सरकारी निजि सहकार्य ९एएए० बाट यसको विकल्प खोजन सकिएला ।

एक नम्बर प्रदेशको कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रलाई उदेश्य अनुरुप चलाउने हो भने यो केन्द्रसंगै निम्नानुसार निजिक्षेत्रका एकाईहरु स्थापना गर्नु उपयुक्त हुन्छ ।

  • एउटा राम्रो फलफुल, तरकारी र फुलको नर्सरी (प्रर्दशन तथा बिक्रिकक्ष) ।
  • कृषि औजार र मेसिनरीहरुको प्रर्दशन, भाडामा उपलब्ध गराउने तथा बिक्रिकक्ष ।
  • प्रोटेक्टीभ कृषिको (प्लाष्टिक घर, प्लाष्टिक टनेल, नेटहाउस÷जालीघर) प्रर्दशन तथा बिक्रिकक्ष ।
  • आधुनिक सिंचाईका साधनहरु सहितको प्रर्दशन तथा बिक्रिकक्ष ।
  • बालीसंरक्षणका उपलब्ध विकल्प सहितको प्रर्दशन तथा बिक्रिकक्ष ।
  • कृषि समाग्रीहरु (मल, सुक्ष्म खाद्यतत्वहरु र जैविक मलहरु) र बीउ बिजनहरुको प्रर्दशन तथा बिक्रिकक्ष ।
  • बैंक तथा बित्तिय संस्थाहरुको सम्पर्क कक्ष ।
  • कृषि बिमा गर्ने कम्पनीको संपर्क कक्ष ।
  • उपलब्ध कृषि प्रविधिहरुको प्रर्दशन स्थलहरु ।

सूरुवातमा कम्तीमा यस्ता कुराहरुको संयोजन गर्न सकियो भने नव स्थापित यो कार्यालयको नाम र उदेश्य अनुसारका कामहरु सुरुवात गर्न सकिन्छ । यसरीनै कृषि उधम तथा ब्यवसाय प्रवद्र्धनसंग सम्वन्धित निकायहरु विच समन्वय कायम गर्नका लागि ति निकायहरुकसंगको सहकार्य अत्यन्त जरुरी हुनजान्छ । यसको सुरुवात हामीले गर्न सक्छौ । जस्ले प्रारम्भकि कृषि उत्पादकहरु, उधोगको आवश्यकता र बजारको मागलाई एक अर्कामा जोडनेछ र एउटा सवल कृषि ब्यवसायको रुपान्तरण गर्न सकिनेछ ।

यदि हामीले चाहेको हाम्रो कृषिको सकारात्मक रुपान्तरण हो भने हाम्रा योजनाका ठेलीहरुमा लेखिएका कुराहरुको कार्यान्वयन गरौ । हाम्रो कृषिको रुपान्तरणका लागि परम्परागत सोच र कार्यविधिबाट मुक्त हुदै बास्तविक सरकारी निजि साझेदारीको नमुनाको रुपमा एक नम्बर प्रदेशको कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रलाई सदुपयोग गरौ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे

विराटनगर, ८ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बिहीबार बिहान गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको प्रदेश नं ५[...]