Sorry, your browser does not support JavaScript! अस्पतालजन्य फोहोर व्यवस्थापनमा अझै चुनौती - Merodesh.news

अस्पतालजन्य फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगर। एक नम्बर प्रदेशमा सरकारी र नीजि अस्पताल र क्लिनिकहरुबाट उत्पादन हुने अस्पतालजन्य फोहोरमैला ब्यवस्थापनमा अझै चुनौती कायमै छ ।

अस्पताल जन्य फोहोरमैला व्यवस्थित रुपले बिर्सजन गर्ने कुनै प्रबिधि र भौतिक पुर्वाधारको व्यवस्था नभएकोले उचित व्यवस्थापनमा अझै चुनौती कायमै रहेको हो ।
एक नम्बर प्रदेशका महानगर , उपमहानगर र नगरहरुमा संचालन भैरहेका नीजि र सरकारी अस्पताल र क्लिनिकहरुले उत्पादन भएका फोहोरहरु फोहोर मैला संकलन गर्ने साझेदारी कम्पनी मार्फत बिर्सजन गर्न लगाउदै आएका छन ।

साझेदारी कम्पनीले घरेलु फोहोर भन्दा बढी शुल्क लिएर अस्पताल र क्लिनिकहरुबाट उत्पादन भएको फोहोर संकलन गरि खुल्ला ठाउमा बिर्सजन गर्दै आएको छ । केही अस्पतालहरुले चाँही अझै अस्पताल जन्य फोहोरहरु लुकाईछिपाई बिरानो स्थानमा लगेर फालिरहेका छन ।

अस्पतालजन्य फोहोरहरु राजमार्ग किनार, जंगल क्षेत्र र खाली जमिनमा यत्रतत्र फालिदै छ

बतावरण र जनस्वास्थ्य बिज्ञहरुका अनुसार अस्पतालजन्य फोहोरहरु मानव स्वास्थ्य र बातावरणकालागि अति नै हानिकारक हुन्छ । यसैले बिराटनगर महानगरमा जताततै फालिदै आएको अस्पतालन्जय फोहोरहरु जताततै फयाक्न निषेध गरिएको छ । पहिले चेतनाको अभाव , गैरजिम्मेवारी पन र ऐन कानुनको कार्यान्वयनको कमीले गर्दा अति जोखिमपुर्ण मानिने अस्पताल जन्य फोहोर जहापायो त्यही फाल्ने गरिएको थियो ।

तर महानगरपालिकाले कडाई गर्न थालेपछि उक्त्त फोहोर साझेदार कम्पनी मार्फत अस्पताल र क्लिनिकहरुले बिर्सजन गराउन थालेका हुन । तर अझै साना शहरबजारमा रहेका अस्पताल र क्लिनिकहरुले त उत्पादन भएको फोहोर राजमार्ग किनार , जंगल क्षेत्र र खाली जमिनमा अझै यत्रतत्र फयाँकिरहेका छन । पुर्वपश्चिम र कोशी मेची राजमार्ग क्षेत्रमा अझै अस्पतालजन्य फोहोरहरु यत्रतत्र किनारमा फालेको देख्न पाईन्छ ।

अस्पतालबाट उत्पादन भएको अति हानिकारक फोहोर अस्पतालले भित्रै आफैले व्यवस्थापन गर्नुपर्दछ । बाकी फोहोर ल्याण्डफिल साईटमा प्रशोधन गरि अलग्गै बिर्सजन गर्नुपर्ने बिज्ञ अध्यन टोलीहरुको सुझाव छ । बिज्ञहरुले सबै खाले फोहोरको उचित व्यवस्थापनकालागि नगरपालिकाहरुले आफनो व्यवस्थित ल्याण्डफिल बनाएर फोहोरमैला प्रसोधन कारखाना संचालन गर्नुपर्ने भनेका छन ।

तर एक नम्बर प्रदेशको बिराटनगर महानगरपालिकामा समेत अझै नत ल्याण्डफिल साइटको व्यवस्था भएको नत फोहोरमैला प्रशोधन कारखाना नै स्थापना हुन सकेको छ । यसैगरि एक नम्बर प्रदेशका अन्य उपमहानगरहरु ईटहरी , धरानदेखी नगरहरु काकडभिटा , बिर्तामोड , दमक , पथरी , उर्लाबारी , बेलबारी , ईनरुवा लगायतमा पनि अस्पताल जन्य फोहोरमैला व्यवस्थापनको चुनौती कायमै छ ।

अस्पताल संचालकहरु भन्छन, – ‘बिकल्प नभएकोले साझेदार कम्पनीलाई फोहोर’

नीजि अस्पतलाका संचालकहरु अस्पताल जन्य फोहोर बिर्सजन गर्ने बैकल्पिक उपाय नभएकोले महानगरपालिकाको साझेदार कम्पनीकै भरपर्नु पर्ने बाध्यता रहेको बताउछन । बिराटनगर स्थित गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक गोबिन्द निरौला नगरपलिकाकाको साझेदार कम्पनीले फोहोर नलगेमा कुनैपनि अस्पताल सचालन हुन नसक्ने बताउछन । भन्छन ,— ‘आफैले प्रशोधन कारखाना खोल्न सक्दैनौ सरकारले पनि खोलेको छैन अनि अरु बिकल्प पनि नभएपछि गर्ने के ।,

कुन कुन फोहोर अस्पताल आफैले व्यवस्थापन गर्नुपर्छ ?

अस्पतालहरुवाट उत्पादन हुने फाहोरहरु मध्ये रगत, साल, मृत शिशु, शरिरको अंग तथा जैविक पदार्थहरु अस्पाल आफैले तत्काल खाडलमा गाडेर विर्सन गर्नुपर्छ । विशाक्त रगत, पिप, खकार, दिशा, पिसाब वा ल्याब परीक्षणमा प्राप्त नमूनाहरु पनि बाहिर फाल्दा सरुवा रोगको जोखिम हुनेभएकोले ढुवानी गरेर टाढा नलगी अस्पतालभित्रै विर्सन गर्र्नुपर्दछ । धारिलो, तिखो र रसायनयुक्त औजार, उपकरण्ँ इत्यादि जथाभावी नफाली टाढा लगेर विसर्जन गर्न हुदैन । प्लाष्टिक , धातु , का“च आदि पनि प्रशोधन गरेर निश्चित ठाउमा मात्र फाल्नुपर्दछ ।

अस्पतालमा आउने धेरैजसो बिरामी सरुवा रोगहरुबाट ग्रस्त हुने र ती बिरामीहरुको शरीरबाट निष्काशित रगत, पिप, खकार, दिसा, पिसाब विशाक्त हुने भएकाले सहि विसर्जन नगरिएमा क्षयरोग, झाडापखाला, हैजा, टाइफाइड, पोलियो, जस्ता सरुवा रोगहरु सर्ने संभावना वढी हुने हुन्छ । अस्पतालमा प्रयोग गरिएका सिरिञ्जको सहि विसर्जन नभएमा यसबाट हेपाटाइटिस बी, एच.आई.भी.एड्स जस्ता रोग फैलन पनि सक्दछ । यस्तै अस्पतालमा प्रयोग हुने रसायन, पारो जस्ता पदार्थ माटोमा परेमा खानेपानीमा पनि प्रदूशण फैलन गई वातावरण र मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्र्नेगर्दछ ।

जनस्वास्थ्य बिज्ञ डाक्टर नवराज सुब्बाका अनुसार अस्पताल जन्य फोहोरले गर्दा वायु ,पानी , ध्वनि र माटो प्रदूश्ण चाँडो गराउछ भने उत्पन्न बिभिन्न ग्यासले गर्दा मानव स्वाथ्यमा पनि गम्भिर असर पार्दछ । जसको जोखिममा स्वयम् स्वास्थ्यकर्मी, फोहोरमैलामा कामगर्ने ब्यक्त्तिहरु, बिरामी र स्थानियबासीदेखी आम सर्वसाधारण परिरहेका हुन्छन । बतावरण बिज्ञ रामचन्द्र अधिकारीका अनुसार अस्पताल जन्य फोहोरबाट उत्पन्न ग्याँसहरुले बायुमण्डलको ओजोन तहमा प्रतिकुल प्रभाव पार्ने भएकोले अक्सिनको उत्पादनमा प्रभाव पार्ने र त्यसको असर सोझै वतावरणीय प्रणालाीमा पर्दछ । जसले बतावरणसँगै मानव जीवनमा पनि अनेक समस्या पैदा गर्दछ ।

कानुन छ तर कार्यान्वयनमा समस्या छ

अस्पतालजन्य फोहोरमैला ब्यवस्थापनलाई नियमित गर्न विराटनगर उपमहानगरपालिकाको फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम विसर्जन सम्बन्धी निर्देशिका २०६८, नेपाल सरकारको सरसफाई गुरु योजना २०६८ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालयको गुण्ँस्तरीय स्वास्थ्य सेवा सम्बन्धी नीति २०६४, स्वास्थ्य तथा जनसंख्या मंत्रालयको निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, संचालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१, आदि प्रचलनमा छ । तर ऐनको कार्यान्वयनको अभावमा अस्पतलाजन्य फोहोरको उचित विर्सजन हुन सकेको छैन ।

अर्कोतिर कुनै पनि अस्पताल खोल्दा मानवीय तथा जैविक वातावरणलाई प्रतिकूल असर पार्न पाइदैन । यसैले सरकारले तोकेको ढा“चामा स्थानिय तहले वातावरणीय लेखोजोखा र प्रभावको अध्ययन र ब्यवस्थापनको स्पष्ट अध्यन गरि अस्पताल खोल्न स्विकृतीको सिफारिस गर्नुपर्दछ । साथै स्थानीय तहमा उपभोक्ता समूह तथा नागरिक समाजको सहभागितामा दिगो रुपमा वातावरण्ँको संरक्षण गर्ने नीतिगत ब्यवस्था पनि छ । तर पनि अस्पतालजन्य फोहोर भने उचित व्यवस्थापन भएको पाईदैन ।

उपभोक्त्ताहित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनमा हेलचेक्रयाई भैरहेकोले यसबारे सरकार र सरोकारवाला निकायहरुले ठोस रुपमा नीति नियम कार्यान्वनय गर्नु गराउनुपर्नेमा जोड दिन्छनज ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]