Sorry, your browser does not support JavaScript! छुट्टा छुट्टै स्थानबाट १५ जना जुवाडे पक्राउ - Merodesh.news

छुट्टा छुट्टै स्थानबाट १५ जना जुवाडे पक्राउ

विराटनगर । प्रहरीले मंगलबार सुनसरी र मोरङबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद सहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

सुनसरीको गढी गाउँपालिका ५ सत्तेरझोडा होलैयास्थित खेतमा तास खेली रहेको अवस्थामा प्रहरीले मंगलवार ५ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तास खेलीरहेको नगद १ लाख ५६ हजार ४ सय रुपैँया, २ वटा मोटरसाईकल र ३ बुङ तास सहित ईनरुवा नगरपालिका २ बस्ने बर्ष ३२ को दिपेन्द्र साह, बर्ष ४० को सुरेन्द्र मेहेता, बर्ष ३८ को अकबर अन्सारी,बर्ष ३८ को गुरुदेव मेहता र बर्ष २७ को दिपेश रौनियारलाई पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनालाई जिप्रका सुनसरीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी बुधबार राती १ बजेको समयमा मोरङ कानेपोखरी गाउँपालिका(१ स्थित कुकुर भुक्का भन्ने ठाउँबाट कौडा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले सोही स्थान बस्ने मित्र रेग्मीको घरमा जुवा (कौडा) खेलाई रहेको अवस्थामा नगद १ लाख ८५ हजार रुपैयाँ नगद र २ सेट कौडा सहित मोरङ कानेपोखरी गाउँपालिका(१ बस्ने बर्ष ४० को मित्र रेग्मी, बर्ष ५१ को उमाकान्त कार्की, बर्ष ५२ को तोर्ण कार्की, धनपालथान गाउँपालिका ४ बस्ने बर्ष ४७ को मोतीलाल राजबंशी, बर्ष ३१ को ओम बहादुर कटुवाल, रंगेली नगरपालिका २ बस्ने बर्ष ४२ को जनक कार्की, बर्ष ४३ को राजु बहादुर थापा, बर्ष ४९ को राजेन्द्र शर्मा, बर्ष ४२ को बिष्णु गुरुङ र बर्ष ५२ को डेफुराम खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेका दश जनालाई नै जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]