Sorry, your browser does not support JavaScript! शनम हत्या र सून तस्करी प्रकरण : गोरेका सहयोगी बेनु श्रेष्ठलाई पनि अदालतले जेल पठायो - Merodesh.news

शनम हत्या र सून तस्करी प्रकरण : गोरेका सहयोगी बेनु श्रेष्ठलाई पनि अदालतले जेल पठायो

साढे तेत्तिस केजी र सनम शाक्य हत्या अपराध मुद्दाका अभियुक्त्त बेनु श्रेष्ठलाई अदालतले थुनामा पठाएको छ । आइतबार मोरग जिल्ला अदालतका न्यायधिश नारायणप्रसाद शर्माको इजलासले सुनसरी ईटहरी उपमहानगरपालिका ६ का ३२ बर्षिय बेणु श्रेष्ठलाई पुर्पक्षकालागि थुनामा राख्न मोरंग जिल्ला कारागार पठाएको हो ।

निरन्तर भएको बयान र ११ कार्तिकमा भएको थुनछेक बसहपछि सगठित अपराधमा संलग्न छैन भन्ने अभियुक्त्तको दाबी प्रमाण नपुगेकोले बेनुलाई जेलमा पुर्पक्ष गर्नपर्ने भएकोले गर्ने जिल्ला अदालत कारागार पठाउन अदालतले आदेश गरेको श्रेस्तेदार ईश्वरमणी ओझाले बताए ।

कतारमा बसेर सुन तस्करी गर्न मुख्य अभियुक्त्त गोरे भनिने चुडामणी उप्रेतीलाई सहयोग गरेको आरोपमा नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेर फरार रहेका बेनुलाई पक्राउ गरेको थियो । उनलाई दशै अघि मोरंग ल्याइएको थियो । कतारमा बेनु श्रेष्ठसँगै पक्राउ परेका भनिएका गोरेका भाई रमेश उप्रेतीलाई भने अझै मोरग ल्याइएको छैन । दुवैले कतारमा बसेर नेपालमा अबैध सुन पठाउने गरेको दाबी प्रहरीको छ ।

सुनतस्करी प्रकरणमा प्रहरीले बिभिन्न चरणमा हालसम्म ७० जना बिरुद्ध अभियोग दर्ता गराएको छ । जसमा ५ जना जिल्ला अदालतको आदेशबाट तारेखमा छाडिएको र ४० जना पुर्पक्षमा जेल गएका छन । तर जिल्ला अदालतले पुर्पक्षमा जेल पठाएका मध्ये ६ जना उच्च अदालत बिराटनगरको अन्तिम आदेशबाट तारेखमा छाडिएका छन । जिल्ला अदालतले तारेखमा छाडेका दुई जनालाई उच्चले पुन थुनामा राख्न अन्तिम आदेश गरेको छ ।

सबै अभियुक्त्तहरु उपर २०१५ जुलाई यता संगठित अपराधिक सन्जाल बनाएर १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम बरावर सुन तस्करी गरेको अभियोग अदालतमा दर्ता भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]