Sorry, your browser does not support JavaScript! ‘मुनामदन’ विराटचोकमा मञ्चन गरिने - Merodesh.news

‘मुनामदन’ विराटचोकमा मञ्चन गरिने

विराटनगर । विराटनगर र काठमाडौंमा मञ्चन गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा लोकप्रिय कृति ‘मुनामदन’ खण्डकाव्यमा आधारित नाटक मोरङको विराटचोकमा मञ्चन हुने भएको छ । विराटचोकमा कात्तिक १७, १८ र १९ गते गरी तीन दिन मञ्चन गर्न लागिएको हो ।

विराटनगर र काठमाडौंको सफलतापछि ‘मुनामदन’ नाटक अब विराटचौकमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए । मुनामदनका नाट्य रुपान्तरण पनि दीपकले नै गरेका छन् ।

विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा गत फागुन ११ गतेदेखि २१ गतेसम्म र काठमाडौंको शिल्पी थिएटरमा दर्शकहरूबाट अत्यधिक रुचाइएको नाटक ‘मुनामदन’ टोलीले सुन्दरहरैंचाको विराटचौकमा मञ्चन गर्न लागेको हो ।

विराटचोकमा कात्तिक १७, १८ र १९ गते गरी तीन दिन मञ्चन गर्न लागिएको दीपकले बताए । नाटक हरेक दिन बेलुका ६ बजेदेखि सुरू हुनेछ । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । सविन शिल्पी थिएटरका कलाकार हुन् । नाटकमा निर्देशक सविनले मुख्य कलाकार मदनको भूमिका निभाउने छन् । त्यस्तै सरु कटवाल, जीना राई, लकेश राई, एन्जन पौडेल, सुशीला निरौला, मन्जु गिरी, विजया नेपाललगायतको अभिनय रहनेछ ।

नाटकमा सुन्दरहरैंचा नगरपालिका, सुन्दरहरैंचा जेसीज, उद्योग वाणिज्य संघ सुन्दरहैंचा र रेडियो कार्यक्रम ‘नझरेका फूलहरू’ले सहयोगी संस्थाको भूमिका निभाउने छन् । यस्तै नाटकका व्यवस्थापकमा सन्देश बाराकोटी र कार्यक्रम संयोजकमा शरद ढकाल रहेका छन् । संयोजक ढकालले सुन्दरहरैंचामा पहिलोपटक यति ठूलो नाटक मञ्चन गर्न लागेको बताए ।

विराट आदर्श साहित्य मञ्चको आयोजना तथा शिल्पी थिएटरको सहकार्यमा मञ्चन हुन लागेको मुनामदन नाटकले दर्शकको मन जित्नेमा आफू विश्वस्त भएको आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]