Sorry, your browser does not support JavaScript! करकालागि बिज्ञ समुह निर्माण गर्न सुझाव - Merodesh.news

करकालागि बिज्ञ समुह निर्माण गर्न सुझाव

विराटनगर, ११  कात्तिक । बिराटनगरका उपभोक्त्ताकर्मीहरुले करलाई पारदर्शी र बैज्ञानिक बनाउनकालागि सबै स्थानिय तहले बिज्ञ समुह निर्माण गर्नुपर्ने सुझाव दिएका छन ।

शनिवार संबाद समुह बिराटनगरले आयोजना गरको करको कचकच कसरी अन्त गर्ने भन्ने बिषयको छलफलमा बोल्दै उपभोक्त्ताकर्मीहरुले सबै स्थानिय तहले बिज्ञ समुह बनाएर अध्यन र छलफल गराएर कर निर्धारण गर्न सुझाव दिएका हुन । सहभागी अधिकारकर्मीहरुले करलाई नागरिक मैत्री बनाउनकालागि बिज्ञ समुह मार्फत पहिले उपभोक्त्ताहरु माझ गएर पर्याप्त छलफल गरिनुपर्नेमा जोड दिएका छन ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष, कृष्णप्रसाद भण्डारी मार्सेली, सबै स्थानिय तहहरुको बिज्ञ समुह गठन गरि जनतासँग प्रशस्त अन्र्तक्रिया गरेर करको दर निर्धारण गरेमा बैज्ञानिक हुने बताउँछन । जना मान्छे केठामा लुकेर बजेट बनाउँदा धेरै समस्या आएको उनको भनाई छ । अध्यक्ष, पब्लिक फोरम, विराटनगर उत्तम ढुङ्गेल कर लगाउनु आवश्एक भएपनि मनमौजी कर लगाउनु चाँही कुशासन हो भन्छन ।

बिराटनगरबासी लवकुमार ताम्राकार सेवा कसरी दिने र कर किन र कसरी लगाउने भन्नेबारे स्थानीय तहसँग ज्ञान नहुँदा जथाभावी कर लागेको बताउँछन । उनि पनि बिज्ञ समुहको अध्यनको आधारमा खाका प्रस्ट बनाएर मात्र करको दर निर्धारण हुनुपर्नेमा जोड दिन्छन ।

बिज्ञहरुको समुह बनाएमा मापदण्ड बन्ने र त्यही मापदण्डका आधारमा करको बैज्ञानिक ढंगले निर्धारण हुन सक्ने उपभोक्त्ताकर्मीहरुको बुझाई छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]