Sorry, your browser does not support JavaScript! मन्त्रालय स्तरिय टोलीबाट नीजि अस्पतालको सतही अनुगमन - Merodesh.news

मन्त्रालय स्तरिय टोलीबाट नीजि अस्पतालको सतही अनुगमन

विराटनगर , ९ कार्तिक । एक नम्बर प्रदेशमा संचालन भएका नीजि अस्पतालहरुलाई स्वास्थ्य निर्देशिका पालना गराउन समाजिक बिकास मन्त्रालयले सतही अनुगमन थालेको छ ।

सरकारले निजी अस्पतालहरुकालागि जारी गरेको निर्देशिका पालना गर्न अटेर गरेको गुनासो बढदो भएकोले एक नम्बर प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयले मन्त्रि जीवन घिमिरेको निर्देशन दिएपनि खटिएको टोलीले सतही अनुगमन थालेको हो । एक नम्बर प्रदेशमा संचालन भैरहेका नीजि अस्पताल र क्लिनिकहरुले सेवालाई व्यस्थित र गुणस्तरिय बनाउन आफनै सहभागितामा निर्माण भएको निजी स्वास्थ्य संँस्थाहरुको सेवा सम्बन्धि मापदण्डको निर्देशिका २०७० पालना गर्न अटेर गरिरहेको गुनासो बढदो छ ।

यसैले टवाइलेट अनुगमन गरेर आफनो बिजनेश सुरु गरेका मन्त्रि जीवन घिमिरले निजी अस्पताल र क्लिनिकहरु अनुगमन गरेर कडाईका साथ मापदण्ड पालना गराउन निर्देशन दिएका हुन । मन्त्रि जीवन घिमिरेका अनुसार हाल देखिएका बिकृतीहरुमा सुधार ल्याउन संघिय सरकार मातहतकै कानुन अनुसार अस्पतालहरुको अनुगमन गर्ने र केही महिनापछि नै प्रदेश सरकारले आफनै कानुन बनाएर निरन्तर अनुगमन गर्ने योजना मन्त्रालयको छ ।

मन्त्रि घिमिरेको निर्देशनपछि मन्त्रालयका निमित्त प्रदेश सचिव उपेन्द्र दहालको नेतृत्वमा बिशेष नीजि अस्पताल अनुगमन टोली बिहिबारदेखी परिचालन भएको छ । मन्त्रालय मातहत रहेको जनस्वास्थ्य महाशाखा, चिकित्सा शाखा, उपभोक्त्ताकर्मी र पत्रकारहरु सम्मिलित बिशेष टोली अनुगमनमा परिचालन भएको छ । उक्त्त टोलीले दैनिक ८ वटा नीजि अस्पतालहरुको अनुगमन गर्ने र प्रदेश भरि अनुगमन गरिसकेपछि प्रतिबेदन मन्त्रि समक्ष पेश गर्नेछ । र उक्त्त प्रतिबेदनकै आधारमा मापदण्ड पालना नगर्ने अस्पतालहरुलाई के कस्तो कार्वाही गर्ने निधो मन्त्रालयले गर्नेछ ।

निशुल्क सेवा समेत दिएका छैनन अस्पतालहरुले

अनुगमन टोलीका सदस्य तथा समाजिक बिकास मन्त्रालयका चिकित्सा शाखा प्रमुख शिवनारायण यादबका अनुसार बिहिबार गरिएको अनुगमनका क्रममा बिराटनगरमा रहेका अस्पतालहरु कसैले पनि गरिब र असाहयहरुलाई दिनुपर्ने १० प्रतिशत निशुल्क उपचार सुबिधा प्रदान गरेका छैनन । सरकारले प्रस्ट रुपमा निशुल्क उपचारकालागि निश्चि वेड छुटयाउन , उनिहरुको बिबरण सार्वजनिक गर्न निर्देशन गरेपनि कसैले पनि बेड छुटयाउने गरेका छैनन । ठूला अस्पतालहरुले निशुल्क उपचार दिनेबारे सूचना बोर्ड मात्र राखेका छन । नीति अनुसार प्रत्येक नीजि अस्पताल र क्लिनिकहरुले दश प्रतिशत बिरामीहरुलाई रेडियोलोजी , प्याथोलोजी , जाँच , र शैया सेवा निशुल्क प्रदान गर्नुपर्दछ ।

मापदण्ड पालना गर्न अझै अटेरी

यसैगरि अस्पताकालागि प्रयोग भएको भवन मैत्रीपुर्ण नभएको , दर्ता भए भन्दा बढी बेड सख्या राखेर उपचार गराएको , एक्सरे सेवा सुरक्षित नरहेको , कर्मचारीहरुको सेवा सुबिधा तोकिए अनुसार दिने नगरेको ,फोहोर व्यवस्थानमा हेलचेक्रयाई गरेको , म्याद गुज्रिएको औषधीहरु पनि प्रयोग गर्ने गरेको , सुबिधा सम्पन्न भनेपनि स्तर अनुसारको सेवाहरु प्रदान नगरि बिरामीलाई नै हण्डर दिने गरेको अनि अस्पताल भित्र रहेका फार्मेसी पसलहरु व्यवस्थित नभएको लगायतका कमजोरीहरु फेला परेका थिए ।

निर्देशिका अनुसार पालना गर्नुपर्ने न्युनतम मापदण्डहरु

निर्देशिका अनुसार संचालन भएका सबै अस्पतालहरु आफनो शैयाको सख्या अनुसार दर्ता भै हरेक बर्ष नबिकरण गरिनुपर्दछ । अस्पतालहरुले सबैखाले सरसफाईको नियम पालना गर्ने , सुचना अधिकृत नियुक्त्त गर्ने , अग्नि नियन्त्रक यन्त्र राख्ने , कर्मचारीहरुलाई नियुक्त्ती दिएर मात्र काममा लगाउनुपर्ने , मापदण्ड पुरयाएर मात्र औषधी पसलहरु खोल्नुपर्ने , सँस्थाको बिनियम निर्माण गर्नुपर्ने र शब गृह हुनुपर्ने इमेरजेन्सि कक्ष र बिरामी कक्ष तोकिएको मापदण्ड अनुसारको हुनुपर्ने , बतावरणमैत्री परिसर , अनिबार्य पार्किङ स्थल हुनुपर्ने , एम्बुलेन्स राख्नुनपर्ने , प्रयोगशाला व्यवस्थित हुनुपर्ने , सेवा शुल्क पारदर्शी बनाउनुपर्ने , तोकिएको बिशेषज्ञ डाक्टर हुनुपर्ने तथा भुकम्प प्रतिरोधी भवन हुनुपर्ने लगायतका मापदण्ड पुरा गर्नुपर्दछ ।

मन्त्रालय स्तरिय टोलीको अनुमन सतही

नीजि अस्पताललाई नियमन गर्न प्रदेश सरकारको मन्त्रालय स्तरको टोली परिचान भएपनि अनुगमन भने सतही देखिएको छ । निमित्त सचिव उपेन्द्र दहाल नेतृत्वको टोलीमा अस्पताल अनुगमन गर्नकालागि आवश्यक बिज्ञ र प्राबिधिक समेत छैनन । सचिव दहाल आफै शिक्षा महाशाखाका अनुभवी हुन । टोलीमा दुई जना जनस्वास्थ्य अधिकृत र एक जना उपभोक्त्ताकर्मी मात्र समान्य जानकारका रुपमा छन । टोलीमा सहभागी मन्त्रालयका अन्य कर्मचारीहरुले अनुगमनमा के गर्ने प्रभावकारी अनुगमनको तरिका के हो , अस्पताल अनुगमन गर्दा कसरी प्रस्तुत हुने भन्नेबारे समेत जानकार छैनन । र उक्त्त टोलीले चेकलिष्ट अनुसार दुरुस्त अनुगमन गर्नुभन्दा पनि सतही अस्पताल घुमेर अस्पतालको अबस्थाबारे जानकारी लिएर मात्र फर्कने गरेको छ । अनुगमन गर्दा मापदण्डको चेक लिष्ट अनुसार चेक गर्नुपर्दछ । गलत फेला परेमा तत्काल नोटिसमा लिनुपर्दछ । उपभोक्त्ताकर्मी पव्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले भने ,— ‘मन्त्रालय स्तरिय अनुगमन टोलीको बिशेष ओज र महत्व हुनुपर्छ यसरी सतहरी तालमा जानकारी लिएकै भरमा उपलव्धि हासिल हुन सक्दैन ।,

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]