Sorry, your browser does not support JavaScript! ग्रामनाथ र धरानमा सवारी दुर्घटना, २ जनाको मृत्यू - Merodesh.news

ग्रामनाथ र धरानमा सवारी दुर्घटना, २ जनाको मृत्यू

विराटनगर, ८ कात्तिक। मोरङ र सुनसरीका २ छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ ।

मोरङको ग्रामथान गाँउपालिका ४ मोतीपुरमा को २ त १५२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने बर्ष ५५ की धिरादेवी बिश्वासको मृत्यू भएको छ । बुधवार बिहान ११स्०० बजेको समयमा मोतीपुर स्थित भित्री बाटोमा उक्त नम्बरको ट्याक्टरले ठक्कर दिंदा बिश्वास गम्भीर घाईते भएकी थिईन् ।

घाईतेलाई प्रहरी चौकी मोतीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको थियो । घाइतेको उपचारकै क्रममा बुधवार मृत्यू भएको हो । दुर्घटनामा संग्लग्न ट्रयाक्टर प्रहरी चौकी मोतीपुरको नियन्त्रणमा रहेको छ भने ट्रयाक्टर चालक तत्काल फरार रहेको हुँदा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धरान उपमहानगरपालिका(८ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यू भएको छ । सुनसरीको ईटहरीबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ८५६४ नम्बरको यात्रुबाहक बसले सोही दिशाबाट धरान तर्फ जाँदै गरेको अन टेष्ट स्कुटरलाई पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक ईटहरी(६ का १८ बर्षिय प्रताप चौधरी गम्भिर घाईते भएका थिए । घाईतेलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि धरान स्थित बि।पी। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएकोमा चौधरीको उपचारकै क्रममा मृत्यू भएको थियो ।

दुर्घटनामा संग्लग्न बस, बस चालक र स्कुटर समेत ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]