Sorry, your browser does not support JavaScript! ताइवानमा भूकम्पको धक्का - Merodesh.news

ताइवानमा भूकम्पको धक्का

ताइपेइ, ६ कात्तिक : ताइवानमा मङ्गलबार मध्यान्ह ५।७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो ।

पराकम्प ताइवानमा भूकम्पको धक्का

सर्भेका अनुसार मङ्गलबार अपराह्न १२ बजेर ३४ मिनेटमा गएको उक्त भूकम्पको केन्द्र जमिनको सतहबाट ३४ किमी तल रहेको छ । भूकम्पबाट तत्काल कुनै हताहती वा क्षतिको विवरण प्राप्त भएको छैन । ताइवानको केन्द्रीय मौसम विज्ञान विभागले भने उक्त भूकम्प ६ रेक्टर स्केलको रहेको जनाएको छ । स्थानीय सञ्चार माध्यमले भूकम्पको धक्का पूरै ताइवानमा अनुभव गरिएको बताएका छन् । यसै वर्षको फेब्रुअरीमा समेत हुवालीनमा ६।४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसबखत १७ जनाको मृत्यु भएको थियो ।

ताइवान पनि भूकम्पीय जोखिममा रहेको स्थान हो । सन् १९९९ को सेप्टेम्बरमा गएको ७।६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ४०० को मृत्यु भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]