Sorry, your browser does not support JavaScript! सरकार असफलता उन्मुख छ : गच्छदार - Merodesh.news

सरकार असफलता उन्मुख छ : गच्छदार

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेस संसदिय दलका उपनेता विजयकुमार गच्छदारले सरकार असफलता उन्मुख रहेको बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले गएको आठ महिनाको कार्यशैली हेर्दा सबै पक्षमा सरकार असफल भइसकेको दाबी गरे । उनले दुइतिहाइको बहुमत प्राप्त कम्युनिष्ट सरकारसँग थप चार बर्ष बढी समय रहेको बताउंदै सो अवधिमा राम्रो पर्फोमेन्स गर्नसके रिकभरि हुने सम्भावना रहेपनि अहिलेको अवस्थाले सरकार असफलता उन्मुख रहेको देखिएको दाबी गरे । गच्छदारले सरकार असफल भए धेरै कुरामा प्रतिकुल असर पर्न सक्ने भएकाले सचेत भएर अघि बढनुपर्ने धारणा ब्यक्त गरे ।

नेता गच्छदारले वर्तमान अवस्थामा जनताको जनादेश अनुसार नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र संगठन सुदृढिकरणमा लाग्ने बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]