Sorry, your browser does not support JavaScript! मदिरा खुवाएर किसोरीमाथी सामुहिक बलात्कार - Merodesh.news

मदिरा खुवाएर किसोरीमाथी सामुहिक बलात्कार

विराटनगर, २५ असोज। देशभर बलात्कार विरुद्ध अभियानहरु सञ्चालन भैरहेका बेला मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ बर्षिय किसोरी बलात्कृत भएकी छन् । अरुको घरमा काम गर्न बसेकी किसोरी साथीको जन्मदिन मनाउने बहानामा बलात्कृत भएकी हुन् ।

बालिका बलात्कार

मंगलवार दिउसो साथीले आफ्नो जन्मदिन छ भन्दै बोलाएर लगेकी थिइन् । साथीको जन्मदिन मनाउन गएकी किसोरी रातभर बलात्कृत भएकी हुन् । जन्मदिन मनाउने बहानमा पथरी शनिश्चरले २ को जंगलमा लगेर उनलाई दुई जनाले सामुहिक बलात्कार गरेका हुन् । किसोरीलाई जंगल सम्म पू-याउने काम उनकै साथीले गरेकी थिइन् । २३ गते दिउसो घरबाट जन्मदिन मनाउन गएकी किसोरी भोलिपल्ट बुधवार बिहान ५ बजे बस्दै आएको घर छेउमै बिछिप्त अवस्थामा भेटिएकी थिइन् ।

मंगलबार रातभर बलात्कार गरी बुधवार बिहान करिब ५ बजे युवतीलाई घरछेउमै ल्याएर छाडेका थिए । मंगलवार राती नभेटिएकी किसोरी बिहानन घरछेउमै बिछिप्त अवस्थाम भेटिएपछि घरधनीले सोधीखोजी गर्दा आफु बलात्कृत भएको बताएकी थिइन् । लगतै उनीहरुले इलाका प्रहरी कार्यालय पथरीमा खबर गरे । खबर लगतै पुगेको प्रहरीले पथरी शनिश्चरे १ का २२ बर्षिय मनोज राई र वडा नम्बर ९ का २३ बर्षिय राजकुमार माझीलाई पक्राउ गरेको छ । किसोरीलाई जंगल सम्म पू-याउने अर्की १५ बर्षिय युवतीलाई पनि प्रहरीले बिहिवार बिहान नियन्त्रणमा लिएको छ । जंगलमा लगेर घरेलु मादकपदार्थ ‘निगार’ जवरजस्ती खुवाएर बलात्कार गरिएको बताइएको छ ।

युवती बलात्कृत भएको थाहापाएपछि किसोरीका संरक्षकले दिएको जाहेरीका आधारमा बुधवार २ जना युवकलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्त डिएसपी निशान थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]