Sorry, your browser does not support JavaScript! अग्रवाल समुदायले अग्रसेन जन्मजयन्ति मनाउंदै - Merodesh.news

अग्रवाल समुदायले अग्रसेन जन्मजयन्ति मनाउंदै

विराटनगर, २५ असोज । अग्रवाल समुदायका बंश पिता महाराज अग्रसेन को ५१४२ औं जन्मजयन्ति विविध कार्यक्रम गरि मनाइदैछ ।

सो अवसरमा नेपाल अग्रवाल सभाले आज बिहान विराटनगरमा शोभायात्रा आयोजना गरेको छ । शोभायात्राले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । स्थानिय अतिथि सदनबाट निकालिएको शोभायात्राले गोल्छामोड,गोश्वारा रोड,शहिद रंगशाला,जलजलारोडबाट मेनरोड हुंदै फेरी अतिथि सदन पुगेको थियो । शोभायात्रा र ¥यालीमा अग्रवाल समुदायका महिला तथा पुरुष तथा बालबालिकाको सहभागिता थियो ।

अग्रवाल समुदायले महाराजा अग्रसेनलाई आफ्ना कुल प्रवर्तककारुपमा पुजागर्दै आएका छन । अग्रसेन जन्मजयन्तिको अवसरमा शोभायात्रा, सामुहिक गोठ प्रसाद र बिशेष सभा लगायतका कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष देवकीनन्दन अग्रवालले जानकारी दिए ।

अग्रवाल समुदायका बंश पिता अग्रसेनले प्रतिपादन गर्नुभएको समाजबाद,सहिष्णुता र अहिंसाबादी बाटोलाई सो समुदायले मार्गदर्शनकोरुपमा अनुशरण गर्दै आएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा
हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको[...]