Sorry, your browser does not support JavaScript! यसैले मानसिक रोगीहरुको आवाज सँसदमा उठाएकी हुँ - Merodesh.news

यसैले मानसिक रोगीहरुको आवाज सँसदमा उठाएकी हुँ

साबित्रा रेग्मी एक नम्बर प्रदेश सभा सदस्य हुन । नेकपाबाट बिजयी प्रदेश साँसद रेग्मी बिराटनगरकी स्थायी बासिन्दा पनि हुन । बिराटनगरलाई स्थायी राजधानी बनाउनुपर्छ भनेर शसक्त्त रुपमा आवाज उठाउने उनि प्रदेश सभामा समसामयिक बिषहरुलाई गहन अध्यन गरेर सटिक बिश्लेष्ण सहित उठाउने सदस्यका रुपमा पनि चर्चित भैसकेकी छन । र , उनले उठाएका धेरै बिषयहरु मध्ये प्रदेशका कडा खाले मानसिक रोगीहरुको अधिकारको बिषयले निक्कै चर्चा पायो । साँसद रेग्मीसँग मेरोदेश डट न्युजले मानसिक स्वास्थ्य र रोगीहरुकोबारे किन आवाज उठाउनु भनेर सोधेको हो

माननीय

साबित्रा रेग्मी ( एक नम्बर प्रदेश सदस्य )

कसैले चासो नदिएको मानसिक रोग र रोगीहरका आवाज प्रदेश सभामा उठाइदिनु भएछ , केले प्रेरित गरयो ?

यो प्रेरित हुने र नहुने भन्दा पनि आम चासोको बिषय हो । अहिले सबै क्षेत्रका दाबेदारहरुले आफनो आवाज आफै उठाईरहेका छन । तर कडा खाले मानसिक रोगीहरु आफनो आवाज आफै उठान असर्मथ छन । उनिहरु नत म बिरामी छु उपचार चाहियो भन्न सक्छन नत अन्य समस्याहरु नै बताउन सक्छन । उनिहरु समाजमा छिछी र दुरदुरको पात्र बनिरहेका छन । मैले उनिहरुले भौतिारिदै पाएको कष्टलाई हेर्ने बुझने मौका पाएको छु । यसैले मलाई लाग्यो उनिहरुको हक हितकालागि किन बिषय उठान नगर्ने यसैले सभामा मैले आवाज उठाएको हुँ ।

कसरी कुरा उठाइदिनु भयो त प्रदेश सभामा मानसिक रोगीहरुकालागि ?

उनिहरुका कुरा देखेर अनि अध्यन गरेर जानेको बुझे अनुसार मैले प्रदेश सभाको शुन्य समयमा एक दिन आवाज उठाएको हुँ । शुन्य समयमा मात्र तीन मिनेट हुन्छ तर मलाई लाग्छ उनिहरुको अधिकारकालागि त्यत्ति कुरा लागू भएपनि काफी हुन्छ । जस्तो उनिहरुको उपचार, उद्धार, संरक्षण र पुर्नस्थापनाबारे मैले कुरा उठाएको थिएँ ।

तँपाईले उठाएका कुराहरु के के हुन अलि प्रस्ट भनिदिनुहुन्छ की ?

नेपालको संविधान कार्यान्वयन हुने सिलसिलामा तीन तहको निर्वाचन सम्पन्न भई सबै प्रदेशमा सामाजिक विकास मन्त्रालय स्थापना भैसकका छन । यसैले संघिय, प्रदेश र स्थानिय सरकारले बेसहारा, गरिब र अशक्त मानसिक अपांगता भएका व्यक्तिहरुको निशुल्क उपचार उद्धार र समाजिक पुर्नस्थापना गर्नुपर्छ भनेर माग गरेको छु ।
तँपाई प्रदेश सभा सदस्य यसैले प्रदेश सरकारले चाँही के गर्न सक्छ मानसिक रोगीहरुकालागि ?
प्रदेश अन्र्तगतका समाजिक बिकास मन्त्रालयल छ । जसले स्वास्थ्य र समाजकल्याण सम्बन्धि निरोधात्मक, उपचारात्मक र पुनस्र्थापना सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिनेगर्छ । अहिलेपनि सयौं नागरिकहरु कडा प्रकारको मानसिक रोग लागि उपचार अभावमा कष्टपूर्ण जीवनयापन गरिरहेका छन् । उनीहरुको उद्धार र पुनस्र्थापना गर्नु अति आवश्यक भईसकेको छ । यसैले सरकारहरुले आफनो नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा मानसिक स्वास्थ्य र रोगीहरुको बारेमा पनि चासो दिएर ठोसा कार्यक्रम बनाउन आवश्यक छ ।

कस्तो कार्यक्रम बनाउनुपर्छ त मानसिक रोगीहरुकालागि प्रदेश सरकारले ?

कडा खाले मनोरोगीहर कोडी घरपरिवार र समाजबाट अपहेलित भएर सडकमा भौतारिदै जर्जर कष्ट भोग्न बाध्य छन । कोही गरिबीले उपचार अभावमा घर वा गोठमा दाम्लो र साँग्लोले बाधिर जीवन गुजारिरहेका छन । यसैले पहिले सरकारले उनिहरुको उद्धार गर्नुपर्छ । त्यसपछि निशुल्क उपचार गरेर निको भएपनि उनिहरुलाई समाजमा पुनस्र्थापना गराउनुपर्छ ।अर्को पुर्नस्थापित हुन नसक्ने रोगीहरुकालागि दिगो संरक्षणकालागि व्यवस्थित हेरचाह केन्द्र स्थापना गर्नुपर्छ । अनि मानसिक स्वास्थ्यका बारेमा समाजमा रहेका भ्रमहरु हटाई उपचार प्रणालीको विकास गर्न प्रदेश स्तरीय कार्यशाला गर्ने नीति र कार्यक्रम निर्माण गरेर कार्यान्व्यन गराउन चासो दिनु आवश्यक छ ।

तर सरकारले जनस्वास्थ्य र उपचारकालागि अनेक कार्यक्रम ल्याएपनि मानसिक स्वास्थ्य र रोगीहरुको बारेमा वास्ता गरेको पाइदैन नि ?

हो समस्या यही छ र मैले सम्मानित प्रदेश सभाबाट आवाज उठाएको हुँ । मानसिक स्वास्थ्य रोगीहरुबाट ठोस कार्यक्रमहरु त परैजावोस अवस्था कस्तो छ भन्नेबारे पनि अध्यन अनुसन्धान गरेर प्रतिबेदनहरु तैयार भैरहको छैनन । यसैले सरकारले पहिले मानसिक रोगीको सख्या अवस्था र मानसिक रोगकोबारे बिस्तृत अध्यन प्रतिबेदनहरु अहिले सम्म तैयार भएका छैनन यसैले आफनो आफनो क्षेत्रमा यसको अध्यन गर्न आवश्यक छ । भरपर्दो अध्यन प्रतिबेदनपछि मात्र ठोस योजनाहरु बनाउन सजिलो हुनेछ ।

स्थानिय तहहरुले कसरी सहयोग गर्न सक्छन मानसिक रोगीहरुलाई ?

सही प्रश्न गर्नुभयो , सवै सरकारले प्रदान गरेका सेवा र कार्यक्रमहरु जनस्तर सम्म लगेर कार्यान्वयन गराउने निकाय भनेकै स्थानिय तह हो । र यो शक्त्तिशाली सरकार भएपनि सेवा प्रदान गर्ने सरकार हो अरु जस्तो नीति बनाउने र निर्देशन गर्ने मात्र हैन । यसैले स्थानिय तहले चाहेमा आफनो वडाहरुमा भएका मनोरोगीहरुको यकिन तथ्यांक लिन अवस्था बुझन र उनिहरुलाई समाजिक पुर्नस्थपना गराउन सहयोग गर्न सक्छन । किनभने वडामा अध्यक्ष र सदस्यहरु हुन्छन । उनिहरुले प्र्राफाईल तैयार गरेर योजना निर्माण गर्न सक्छन । रोगीको तुरुन्त उद्धार गरेर उपचार गराइदिन सक्छन । अर्को दिगो रेखदेख र संरक्षणकालागि हेरचाह केन्द्र व्यवस्था गरिदिन सक्छन । स्वास्थ्य केन्द्रमा निशुल्क प्रारम्भीक उपचार सेवा दिएर औषधी समेत प्रदान गर्न सक्छन । र महत्वपुर्ण कुरा आफै प्रत्यक्ष सहभागी भएर मानसिक रोग , रोगी र परिवारप्रति गरिने गलत व्यवहार र धारणहरुलाई सकारात्मक बनाउन सक्छन ।

आवाज उठाउन अगाडी अध्यन अनुसन्धान पनि गुर्नभएको रहेछ कस्तो छ त आजकल मानसिक स्वास्थय र रोगीहरुको अवस्था ?

अझै मानसिक रोगलाई समाजमा अझै निको नहुने रोग मान्ने गरिएको छ जुन गलत हो ।यो रोग धामी झाँक्रीले हैन चिकित्सकले मात्र निको पार्न सक्छन । अझै मानिकस रोगलाई पापीलाई मात्र लाग्ने , निको नहुने , डाक्टरले हैन धामीले मात्र निको पार्ने , बोक्सी र डायन लागेर लाग्ने रोग हो भनेर मान्ने गरिएको छ । उपचारकलागि आउनुपर्ने जति रोगीहरु अस्पताल आइरहेका छैनन । अझै मानसिक रोग लागेमा लाई पागल भनेर हेप्ने , कुटने , रोगी र उनिहरुको परिवारलाई घृणा गर्ने र बिभिन्न बिभेद गर्ने व्यवहार कायमै छ । तर यो रोग लागेर उपचार पाएपछि ठीक भएर समाजमा पुर्नस्थापना भएका धेरै उदाहरण छन । तर अझै पनि यो रोग बिरुद्ध समाजमा व्याप्त अन्ध बिश्वास र गलत धारणाहरु ऋापेक्षा अनुरुप परिवर्तन भैरहेका छैनन । मनोरोगीलाई खुल्ला छाडन हुँदैन अपराध गर्छन । यो रोगको उपचार सहज छैन र महंगो हुन्छ डाक्टरले हैन धामीले मात्र निको पार्न सक्छ भन्ने जस्ता अनेकै भ्रमहरु पनि कायमै छन ।

कसरी बनाउन सकिन्छ मानसिक रोग र रोगीहरुबारेको गलत धारण हटाएर साझा अभियान ?

मानिसक रोग कुनै एउटा परिवारलाई मात्र लाग्दैन । यो रोगले धनी गरिब , जेठो कान्छो, महिला पुरुष , उचो निचो केही भन्दैन । मानसिक रोग अनेक कारणले लाग्दोरहेछ । यसैले पहिले त सरकार , अधिकारकर्मी र सचेत बर्गहरु एक भएर शसक्त्त आवाज उठाउनु पर्छ । मानसिक स्वास्थ्य र मनोरोगबारे यस्ता अनेकौ गलत भ्रमहरु बिरुद्ध व्यापक जनचेतना जगाउँदै उपचारको अधिकार स्थापित गराउनुपर्छ । सबैले शसक्त्त हल्ला गरेमा राज्यको संघ , प्रदेश र स्थानिय तहका सरकार गम्भिर बाध्य हुन्छन यसबारे राष्ट्रिय मानव अधिकार आयोग सबै तहका सरकारहरु अनि अधिकारकर्मी, चिकित्सक, मनोबिज्ञ, पत्रकारिता जगतदेखी आम नागरिक समाजले चासो दिन आवश्यक छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

संघीय सरकारको सुप्रिमोले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको हो : ईन्द्र आङ्बो
संघीय सरकारको सुप्रिमोले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको हो : ईन्द्र आङ्बो

‘ईन्द्र बहादुर आङ्बो एक प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । सशस्त्र माओवादी जनयुद्धमा लडाकु कमाण्डरको अनुभव सँगालेका युवा उमेरका उनी प्रस्ट र पारदर्शी काम रुचाउँछन् । संघीय सरकारले[...]