Sorry, your browser does not support JavaScript! सरकारले जनताको पक्षमा काम गर्न सकेन : कृष्ण सिटौला - Merodesh.news

सरकारले जनताको पक्षमा काम गर्न सकेन : कृष्ण सिटौला

विराटनगर, २४ असोज। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले, दुई तिहाईको समर्थनमा वनेको वर्तमान सरकारले जनताको पक्षमा कामगर्न नसकेको वताउनु भएको छ ।

विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै उहांले कम्युुनिष्टको सरकारले थोरै समयमा धेरै अलोकतान्त्रीक काम गरेको दाबी गर्नुभयो । उहाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्याहिंसा तथा वलात्कारका घटना वढनुका साथै सरकारको नितिका कारण कर वृद्धि तथा मंहगिका कारण जनता मारमा परेको वताउनुभयो । नेता सिटौलाले सरकारको मुल्याकंन गर्ने हो भने जनताका लागि नभएर पार्टिका केहि नेता र कार्यकर्ताका लागी मात्र सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

नेता सिटौलाले यहि अवस्थामा सरकार अघि वढे कांग्रेस चुप लागेर नवस्ने बताउनुभयो । सरकारको राम्रो कामलाई समर्थन गर्ने तथा स्वच्छेचारी ढंगले सरकार अघि वढे त्यसलाई रोक्ने कामपनि प्रतिपक्षको भएको उहांको भनाई थियो । नेता सिटौलाले निर्मला हत्याकाण्ड घटनालाई सरकारले ढाक छोपगर्न खोजेको आरोप लगाउनुहुंदै घटना भएको लामो समय बितिसक्दापनि दोषि पत्ता लगाउन नसक्नुले सरकारको कमजोरी प्रष्ट भएको बताउनुभयो ।

उहांले कांग्रसको आगामी महाधिवेशनले पार्टीलाई सहि मार्ग दिने र परिवर्तनको पक्षमा पार्टिलाई अगाडी वढाउने व्यक्तिनै पार्टी सभापतिकालागि उपयुक्त हुने वताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]