Sorry, your browser does not support JavaScript! ऐक्यवद्धता र सहयोग नारा सहित् बायोइथिक्स कार्यक्रम - Merodesh.news

ऐक्यवद्धता र सहयोग नारा सहित् बायोइथिक्स कार्यक्रम

धरान, २३ असोज । चकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रका शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि युनेस्कोको इथिक्स चेयरले जोड दिएको छ ।

विश्वभरि सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएपछि सन् २०१६ देखि विश्वभरि नै अक्टोवर १९ मा विविध कार्यक्रम सहित् विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ ।

नेपाल युनिटको आयोजनामा यहि मंगलवार (अक्टोवर ९, असोज २३) का दिन यस वर्षको नारा ‘ऐक्यवद्धता र सहयोग’ ९क्यष्मिबचष्तथ बलम ऋययउभचबतष्यल० शीर्षकमा सम्पन्न विविध प्रतियोगिताहरु (निबन्ध, पोस्टर, फिल्म, फोटो)को समापन र चेतनामुलक कार्यञmम धरानको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न भयो ।

कार्यक्रम वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको प्रमुख अाितथ्यमा सम्पन्न भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्सबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदमहरु आवश्यक हुने कुरा औंल्याउनुभयो । यस वर्षको अवधारणाबारे बायोइथिक्स विज्ञ प्रा.डा. रानोमल पिर्यानी र नेपाल यूनिटका पूर्व प्रमुख प्रा.डा. रुपा सिंले प्रस्तूति राख्नुभयो । कार्यक्रममा अतिथि विज्ञ प्रा.डा. रानो मल पिर्यानीको बायोइथिक्स र यस वर्षको अवधारणाबारे बिस्तृत प्रस्तुति थियो ।

कार्यक्रमका संयोजक तथा नेपाल यूनिटका प्रमुख प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक कार्यक्रमका बक्ताहरु प्रा.डा. प्रा.डा. रुपा सिं, प्रा. समी लामा, डा. सरुण कोइराला, खेमचन्द्र सुवेदी विद्यार्थी संकायका सुमित शर्मा लगायतबाट विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक प्रस्तुति भएको थियो ।

कार्यक्रममा एकाईका निवर्तमान प्रमुख तथा कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले स्वागत मन्तव्य सहित् दिवसको औचित्यबारे औंल्याउनुभयो भने युनिटका सदस्य सचिव प्रा. समी लामाले धन्यवाद मन्तव्य राख्नुभयो । प्रतियोगितामा सहभागी निबन्ध, पोस्टर, फोटोहरुको प्रदर्शनी लगायत् यस अवसरमा चुनिएको संक्षिप्त मुभि पनि देखाइएको थियो । फोटो प्रतियोगितामा विवेक आचार्यक्षेत्री, फिल्ममा प्रशन्न सुवेदीको समुह, आर्ट पोस्टरमा अभिशेक कुमार तथा निवन्धमा मनिषा श्रेष्ठ उत्कृष्ट भएको हुन् ।

यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत् अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको हो । कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मनन्को यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हँुदै जाने शुभेच्छा राख्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ
जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो[...]