Sorry, your browser does not support JavaScript! कटहरीमा खेलकुद प्रतियोगिता हुने - Merodesh.news

कटहरीमा खेलकुद प्रतियोगिता हुने

विराटनगर, २३ असोज। मोरङको कटहरीस्थित जे.एम.युवा क्लबले आफ्नो २२ औं बार्षिकोत्वसको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजनागर्ने भएको छ ।

क्लबले आज पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ । क्लबका अध्यक्ष सत्यनारायण चौधरीले ग्रामिण भेगका खेलाडीहरुलाई प्रोत्साहितगर्न असोज २४ देखि २७ गतेसम्म विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगिता अन्र्तगत एथलेटिक्स,भलिबल,लङजम्प,ब्याडमिन्टन, फुटबल, चेस,साइकल स्लो,हाजिरी जवाफ र म्युजिकल चेयर लगायतका प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

क्लबका कोषाध्यक्ष देवराज चौधरीले २०५३ सालमा स्थापना भएको क्लबले खेलाडी उत्पादन र नेतृत्व विकासमा योगदान दिंदै आएको बताए । स्थानिय खेल मैदानमा हुने प्रतियोगिता सम्पन्नगर्न एकलाख रकम खर्च हुने कार्यक्रम संयोजक गोकर्ण माझीले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]