Sorry, your browser does not support JavaScript! फोहोर संकलक कामदारद्वारा ठेकेदारको कार्यालयमा धर्ना - Merodesh.news

फोहोर संकलक कामदारद्वारा ठेकेदारको कार्यालयमा धर्ना

विराटनगर, २३ असोज।  विराटनगरका फोहोर संकलक कामदारहरुले तलबबृद्धि र बोनसदिन मागगर्दै ठेकेदारको कार्यालयमा धर्ना दिएका छन ।

फोहोर संकलक

विराटनगर महानगरपालिकासंगको ठेक्का सम्झौता अनुसार फोहोर संकलनगर्दै आएको वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रालिद्वारा खटाइदै आएका फोहोर संकलक कामदारहरुले तलबबृद्धि र बोनसको मागगर्दै धर्ना दिएका हुन । उनिहरुले रोडशेषचोकस्थित फोहोरमैला ब्यवस्थापन कार्यक्रम कार्यान्वयन शाखामा धर्ना दिएका हुन । चाडपर्वको आइपुग्दा समेत वेस्ट म्यानेजमेन्टले बोनस नदिएको र निर्धारण गरिएको मासिक ज्याला समेत समयमा नदिने गरेको उनिहरुको भनाई छ । फोहोरमैला संकलक कामदार राजेश मरिकले चाडपर्व आइसक्दा समेत कम्पनीले बोनस दिन आनाकानी गरेका कारण कामदारहरु आन्दोलित भएको बताए ।

फोहोर संकलक

फोहोर मैला संकलक कामदारहरुले महंगी अनुसार तलब बृद्धि गर्न समेत माग गरेका छन । यता वेस्ट म्यानेजमेन्टका परियोजना प्रमुख देवीप्रसाद आचार्यले निर्धारण गरिएको ज्याला समयमा नै दिने गरिएको दाबी गर्दै यसपटक कम्पनी घाटामा रहेकाले बोनस दिन नसकिने बताए । वेस्ट म्यानेजमेन्टले विराटनगरको फोहोर संकलनगर्न १ सय ९० जना कामदार सहित २१८ जना लेबर र कर्मचारी खटाउने गरेको छ । सो कम्पनीले फुलटाइमरलाई १५ हजार र हाफ टाइमरलाइ ८ हजार तलब दिने गरेको छ ।

फोहोर संकलक

नगरक्षेत्रमा दैनिक १ सय १० टन फोहोर उत्र्सजन हुने गरेको जनाइएको छ । वेस्ट म्यानेजमेन्टले २०७३ जेठ १ गतेदेखि २०७८ बैशाख मसान्तसम्मकालागि नगरक्षेत्रको फोहोर संकलनको ठेक्का पाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]